निर्णायक खेलमा नेपाल र जिम्बावे ‘ए’, टस ढिला हुने

Read Time = 1 min
A A- A+

काठमाडौं । नेपाल भ्रमणमा रहेको जिम्बावे ‘ए’ र नेपालबीचको अन्तिम तथा निर्णायक एक दिवसिय खेल आज हुदैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल साढे ९ बजे हुने तालिका रहेको छ । तर राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस केही समय पर धकेलिने क्यानले जनाएको छ ।

नेपाल र जिम्बावे ए बीचको तीन एकदिवसिय सिरिज १-१ को बराबरी अवस्थामा छ ।

पहिलो खेलमा जिम्बावे तीन विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो ।

अन्तिम खेलमा समेत लगातार जित निकाल्दै नेपाल शृंखला घरमै राख्न चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?