धनगढी । प्रधानमन्त्रीसमेत रहनुभएको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै भंग हुन सक्ने बताउनु भएको छ ।
धनगढीमा सोमबार आयोजित पाँँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उहाँले दुईपटक प्रतिनिधिसभा विघटन गरेको एमालेले स्थानीय तहमा जिते स्थानीय तह नै विघटन गर्न सक्ने बताउनु भयो ।
‘संसद विघटन गर्ने एमालेले जिते, उसले स्थानीय तह नै विघटन गर्न सक्छ,’ देउवाले भन्नुभाये, ‘संसद विघटन गर्ने, चल्न नदिने एमालेलाई जिताउनु भनेको स्थानीय तह, प्रदेश र संसद नै विघटन गर्न सक्छ ।’
३० वैशाखमा देशभर स्थानीय तह निर्वाचन हुँदै छ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच स्थानीय तहमा गठबन्धन भएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
प्राकृतिक चिकित्सामा-माटो चिकित्सा पद्धति
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल