बकैयामा कांग्रेस र माओवादीका कार्यकर्ताबीच कुटाकुट, दुई जना घाइते

Read Time = 1 min

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनकै कांग्रेस र माओवादीका कार्यकर्ताहरूबीच कुटाकुट भएको छ । बकैया गाउँपालिका(७ कत्लेखोलामा भएको कुटाकुट हुँदा दुई जना घाइते भएका छन् ।

चुनावको विषयलाई लिएर नेपाली कांग्रेस निकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ताको परिचालन गरि माओवादी केन्द्रका कत्लेखोला टोल कमिटी अध्यक्ष विष्णु राई र राप्रपा गाउँ कमिटी उपाध्यक्ष हरि राईलाईलाई कुटपिट गरेको माओवादी केन्द्र मकवानपुरकी नेतृ लक्ष्मी माझी ‘कृपा’ले आरोप लगाउनु भयो। उहाँहरू दाजुभाइ समेत रहनु भएको छ । घाइते विष्णु र हरिको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको माझीले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले उक्त झगडा घरझगडा भएको र यसलाई राजनीतिक रूपमा नलिन आग्रह गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?