काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले राजनीतिक दलहरुले निर्वाचनको निष्पक्षतामा ध्यान नदिएको बताउनुभएको छ ।
सोमबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक)ले काठमाडौंमा आयोजना गरेको निर्वाचन पर्यवेक्षणका सुझाव कार्यान्वयन र सरोकारवालाको भुमिका विषयक सम्वाद कार्यक्रममा बोल्दै पूर्वसभामुख ढुंगानाले राजनीतिक दलहरुले निर्वाचनको निष्पक्षतामा ध्यान नदिएको बताउनुभएको हो ।
उहाँले अहिलेको निर्वाचनबाट जनताले चाहेको प्रतिनिधि आउन गाह्रो पर्ने बताउनुभयो । निर्वाचन निष्पक्ष बनाउनका लागि राजनीतिक दलको भुमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो । निर्वाचनलाई निष्पक्ष बनाउन राजनीतिक दल र निर्वाचन आयोगले हातेमालो गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले, मतदाताले जतिसुकै निष्पक्ष निर्वाचन गर्न लागेपनि राजनीतिक दलहरुले निष्पक्षतामा ध्यान दिइराखेका छैनन् । चुनौती त्यही छ । यो भन्दा ठुलो चुनौती अर्को केही हुँदैन । यो निर्वाचन बास्तवमा हाम्रो प्रतिनिधि आउन गाह्रो निर्वाचन छ । हाम्रो जनताले इच्छा गरेको प्रतिनिधि आउँदैनन् । कति भोटरले भोटको मुल्य बुझेका छैनन् । म सँग पाँच सय भोट छ, यति ल्याउनुस् । म तपाईलाई दिलाइदिन्छु भन्छ उसले त्यो भोट बैंक रिजर्भ गरेर राखेको हुन्छ । त्यसमा निर्वाचन आयोगले केही गर्न सक्दैन । सुधार यस दिशामा गर्नुपर्ने त्यसमा पार्टीहरुकै प्रोत्साहन हुनुपर्ने भएको छैन । निर्वाचनको निष्पक्षतामा बाधा दिएको ठाउँहरुमा जम्मै प्रवेश गरेर सुधार गर्नेमा पार्टी, सरकारकै ठुलो हात हुन्छ । निर्वाचन आयोग र पार्टीको सँगसँगै हातेमालो नभइ हुँदैन ।’
पूर्वसभामुख ढुंगानाले देश निष्पक्ष निर्वाचनको बाटोमा नगएको टिप्पणी गर्नुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको