एसियाड र विश्व पौडीका लागि खेलाडी छनोट

Read Time = 2 mins

काठमाडौं । नेपाल पौडी संघले चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुद र हंगेरीको बुढापेस्टमा हुने १९औँ फिना विश्व पौडी च्याम्पियनसिपका लागि खेलाडी छनोट गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा वैशाख २२ र २३ गते भएको २४औँ खुला पौडी प्रतियोगिताबाट दुवै प्रतियोगिताका लागि खेलाडी छनोट गरिएको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाउनुभएको छ ।

अध्यक्ष बज्राचार्यका अनुसार एसियाडका लागि नौ/नौ पुरुष/महिला गरी १८ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको हो । विश्व च्याम्पियनसिपका लागि एक/एक पुरुष/महिला गरी दुई खेलाडीको अन्तिम छनोट गरिएको छ ।

एसियाडका लागि पुरुषमा नासिर याहया हुसैन, शंकरसनाबहादुर रघुवंशी, तेन्जिन नाम्डोल रायन गुरुङ, एर्भिन श्रेष्ठ, अनुभव सुब्बा, एल्भिन महर्जन, सेरेन सिंह र निर्भय थापा रहनुभएको छ । महिलामा डुवाना लामा, अनुशिया तण्डुकार, रोयल प्रजापती, रोशा न्यौपाने, उपास्ती महर्जन, युस्का महर्जन, आर्या महर्जन र मेगन गुरुङ हुनुहुन्छ ।

यी १६ खेलाडी २४औँ खुला पौडी प्रतियोगिताबाट छनोट हुनुभएको हो । ओलम्पिनद्वय एलेक्जन्डर गाडेगार्ड शाह र गौरिका सिंहलाई पनि प्रारम्भिक छनोटमा समावेश गरिएको छ । दुवैले टोकियो ओलम्पिक-२० मा प्रतिस्पर्धा गर्नुभएको थियो ।

विश्व च्याम्पियनसिपका लागि नासिर र डुवाना छनोट हुनुभएको छ । विश्व च्याम्पियनसिप जुनमा हुँदैछ । एसियाड भदौ २५ देखि असोज ९ गतेसम्मलाई तय भएकोमा कोरोना भाइरसका कारण स्थगित भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?