ताइपेइ । ताइवान नजिकै चीनले युद्ध अभ्यास गरेको छ । चीनको सेनाले ताइवान नजिकै अर्को चरणको सैन्य अभ्यास गरेको हो । सोमबार चिनियाँ सेनाले गत साता ताइवान नजिकै अर्को चरणको सैन्य अभ्यास गरिएको जानकारी दिएको हो । चीनले युद्ध क्षमता अभिवृद्धिका लागि उक्त सैन्य अभ्यास गरिएको बताएको छ । पछिल्लो समय ताइवान नजिकै चिनियाँ सेनाको गतिविधि पनि बढेको छ ।
ताइवानले पछिल्लो दुई वर्षमा व्यापक मात्रामा आफ्नो नजिकै चिनियाँ सेनाको गतिविधि बढेको बताउँदै आएको छ । विशेषगरी ताइवानको दक्षिणी र दक्षिण पश्चिमी क्षेत्रमा चीन आफ्नो हवाई रक्षा क्षेत्रमा चिनियाँ सेना प्रवेश गर्दै आएको ताइवानको भनाइ छ ।
ताइवानले गत शुक्रबार १८ ओटा सैन्य विमान आफ्नो हवाई रक्षा क्षेत्रमा प्रवेश गरेको बताएको छ । शनिबार र आइतबार पनि चिनियाँ विमान आफ्नो हवाई रक्षा क्षेत्रमा प्रवेश गरेको ताइवानले बताएको छ । यद्यपि शनिबार र आइतबार विमानको संख्या भने कम थियो । एजेन्सी ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :