ट्रेलरमा अक्षयको ‘पृथ्वीराज’

Read Time = 2 mins

मुम्बई । अभिनेता अक्षय कुमार अभिनित बलिउड चलचित्र ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक गरिएको छ । वर्ष २०२२ को प्रतीक्षित चलचित्र मध्येको एक ‘पृथ्वीराज’ मा अक्षय कुमारको अलवा पूर्वमिस वर्ल्ड मानुषी छिल्लरको पनि मुख्य भूमिका छ । चलचित्रको फष्टलुक सार्वजनिक भएपछि दर्शकमा कथाको विषयमा कौतुहल थियो । चलचित्र सम्राट पृथ्वीराज चौहानको जीवन र प्रेमको विषयमा बनेकोले पनि सो कौतुहलता जागेको हो ।

अक्षय कुमार र मानुषीको अलवा ट्रेलरमा सोनु सुद पनि देखिनु भएको छ । चलचित्रमा आशुतोष राणा जयनन्द र मानव विज मोहम्मद गौरीको भूमिकामा हुनुहुन्छ । यस्तै चलचित्रमा साक्षी तन्वर, ललति तिवारीको मुख्य भूमिका छ । ११९१ देखि ११९२ मा पृथ्वीराज चौहान र मोहम्मद गौरीको बीचमा भएको ताइनको युद्धका झलक समेत समेटिएका छन् । चलचित्र डाक्टर चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्नुभएको हो ।

हालै मिडियासँगको एक कुराकानीमा अक्षय कुमारले चलचित्रको कथा सुन्ने बितिकै चलचित्र अभिनयका लागि आफू राजी भएको बताउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘चलचित्रमा इतिहास र देशभक्ती दुवै समेटिएको छ । साथसाथै प्रेम कहानी पनि छ । जुन सायदै तपाइँहरूले देख्न पाउनु हुन्छ ।’ एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?