भारतीय ब्रान्ड पेबल नेपालमा पनि

Read Time = 2 mins

काठमाडौं । भारतीय एसेसरिज ब्रान्ड पेबल नेपाल भित्रिएको छ । इलेक्ट्रोनिक्स ब्रान्ड पेबललाई एलाइड ट्रेड लिंक इन्टरनेसनल प्रालिले नेपाल भित्र्याएको हो ।

कम्पनीका अनुसार अब नवीनतम स्मार्ट घडी र फिटनेस ट्र्याकर चाँडै नेपालका सबै रिटेल स्टोर र अनलाइन पोर्टलमा उपलब्ध हुनेछन् । सो अवसरमा पेबलका सहसंस्थापक कोमल अग्रवालले भन्नुभयो, ‘हामी नेपालमा उपस्थित हुन पाउँदा खुशी छौं, हाम्रो ब्रान्डको आदर्श वाक्य सधैं सबैका लागि अत्याधुनिक प्रविधि उपलब्ध गराउने हो ।

नेपालमा हाम्रो विस्तार त्यसतर्फ एक कदम अघि बढेको छ ।’ एलाइड ट्रेड लिंक इन्टरनेसनल प्रालिका मार्केटिङ म्यानेजर राजेन्द्र रोक्काले पेबल भारतको चर्चित ब्रान्ड भएको बताउनुभयो ।

कम्पनीका अनुसार भारतमा पेबलले पछिल्लो समय तीनवटा नयाँ स्मार्ट वाच लन्च गरेको छ कसमस प्रो, रिभो र लिप प्रत्येक घडी फरक प्रयोगकर्ताको आवश्यकताका लागि बनाइएको हो, जुन बिटी कलिङ र उज्यालो डिस्प्लेसाथ आउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?