नारायण भण्डारी/हिटा
काठमाडौं । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’समूह संसद्वादमा फस्न लागेको भन्दै असन्तुष्ट पक्षले छुट्टै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औपचारिक कतिपय केन्द्रीय सदस्यहरूलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षड्यन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरूले नयाँ पार्टी गठन गर्नु परेको नेता धर्मेन्द्र बास्तोलाले बताउनुभयो । नयाँ पार्टीको नेतृत्व पनि बास्तोलाले नै गर्ने हुनुभएको छ । ‘तत्कालीन महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा संसद्वादमा फसिसकेकाले पार्टी पुनर्गठन गरेका हौँ’ बास्तोलाको भनाइ थियो ।
त्यस्तै, आफूहरूमाथि आर्थिक अनियमितताको आरोप गलत रूपमा लगाइएको पनि उहाँले बताउनुभयो । गत चैतमा भएको केन्द्रीय समिति बैठकको निर्णयविपरीत चन्द गएपछि नयाँ पार्टी गठन गर्नुको विकल्प नभएको बास्तोलाको भनाइ थियो । उहाँले भन्नुभयो, ‘पार्टी चुनावमा नजाने भएपछि पनि प्रवक्ता पार्टी चुनावमा जाने, पार्टी दर्ताको प्रयास गर्ने, चुनावमा केन्द्रीय समिति सदस्य उठाउने र उठाउन प्रयत्न गर्ने काम भयो । पार्टी नीतिबाहिर चुनावमा उठाउने र कतिपय केन्द्रीय समिति सदस्यहरू त एमालेको चुनाव चिन्ह लिएर चुनावमा जान लालायित भएपछि यसरी समय बर्बाद गर्नु ठीक हुँदैन भनेर भेला ग¥यौँ र बहुमत पार्टी सदस्यले नेकपा बहुमत भनेर पुनर्गठन गरेका छौँ ।’
बास्तोलाले विचार र संगठनात्मक रूपमा बहुमत आफ्नो पक्षमा रहेको दाबी गर्नुभयो । उहाँले आफ्नो पार्टीको कार्यनीति वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने रहेको र त्यसका लागि मुलुकको समृद्धि र स्वाधीनताको नारालाई अघि बढाउने योजना रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टीको मूल कार्यदिशा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने । कार्यदिशा पूरा गर्नका निम्ति कार्यनीतिका रूपमा अहिले स्वाधीन संयुक्त सरकार, राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण, समृद्धि र स्वाधीनताको नारा अगाडि सारेका छौँ ।’
मुलुकमा राजनीतिक स्थिरताका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका निर्वाचित हुनुपर्ने माग रहेको बास्तोलाको भनाइ थियो । धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा नेकपाका असन्तुष्ट पक्षले चितवनमा राष्ट्रिय भेला गरेको थियो । उक्त भेलाले नै नयाँ पार्टी गठन गरेको हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच