क्रिकेटर इमाम उललाई लाइभ शोमा प्रपोज

Read Time = 2 mins

कराची । पाकिस्तानी टीमका प्रभावशाली बल्लेबाज इमाम उल हकलाई एक युवतीले लाइभ शो मा प्रपोज गरेकी छन् । पाकिस्तानी क्रिकेटर इमाम उल हक त्यस समय निक्कै लज्जालु देखिनुभयो जब उहाँलाई लाइभ कार्यक्रममा एक सुन्दर युवतीले प्रपोज गरिन् । अचानक आएको यस्तो प्रस्तावले इमाम अवाक हुनुभयो । इमामको अनुहार लाजले रातो भएको थियो भने दर्शकमा हासोको फोहोरा निस्कएको थियो । यो भन्दा पनि रोचक कुरा के थियो भने यो प्रपोजको जवाफ इमामले आफ्नी आमालाई छोडदिनुभयो । लाइभ कार्यक्रमको यो क्षणको भिडियो यतिबेला सोशल मिडियामा भाइरल भइरहेको छ ।

पाकिस्तानी ओपनर बल्लेबाज इमाम एक टिभी शोमा जानुभएको थियो । त्यहाँ अडियन्स बसेका थिए । त्यही अडियन्स बीचबाट एक सुन्दर युवतीले इमामलाई प्रपोज गर्दै भनेकी थिइन्, ‘मसँग के तपाईं विवाह गर्नुहुन्छ ?’ यो सुनेपछि इमाम हास्न थाल्नुभयो । यो विषयमा कार्यक्रम प्रस्तोताले इमामलाई भने ‘तपाईंको जवाफ के छ ?’ यसमा इमामले भन्नुभयो, यसको उत्तर मसँग छैन, यसको सबैभन्दा राम्रो उत्तर मेरी आमाले दिनसक्नुहुन्छ । तपाईंले उहाँसँग सोध्न सक्नुहुन्छ । यसैमा युवतिले भनिन्, ‘यदि तपाईंलाई मञ्जुर छ भने म कोहीसँग पनि कुरा गर्न तयार छु ।’ इमाम पूर्वपाकिस्तानी कप्तान तथा चिफ सिलेक्टर इन्जमाम उल हकका भतिज हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?