काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चुनाव प्रचारको अन्तिम दिन आज निकै व्यस्त कार्यतालिका रहेको छ ।
स्थानीय तहको निर्वाचनको मौन अवधि सुरु हुन केही घन्टा मात्र बाँकी रहँदा नेकपा (एमाले)ले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा आयोजना गर्ने भएको हो ।
एमाले काठमाडौं जिल्ला कमिटीको आयोजनामा दिउँसो २ बजे हुने सभालाई पार्टी अध्यक्ष ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यका अनुसार वडा-वडादेखि आउने जुलुसरर्याली सभा स्थल जानेछन् ।
यसअघि सोमबार कास्कीको पोखरामा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्नुभएका अध्यक्ष ओलीले सोही दिन दिउँसो ललितपुरमा एमालेले गरेको चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।
यस्तै अध्यक्ष ओलीले आज बिहान उत्तरी मोरङको मिक्लाजुङ र गृहजिल्ला झापाको चुनावी सभालाई सम्बोधन गर्ने समेत कार्यक्रम छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल