दाङमा ११ मतदानस्थल अति संवेदनशील

Read Time = 2 mins

विवेक खड्का-
दाङ । दाङमा ११ मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले संवेदनशीलताको आधारमा जिल्लाका १५३ मतदानस्थलमध्ये ११ मतदानस्थल अति संवेदनशीलको सूचीमा राखेको हो । १३१ मतदान स्थललाई संवेदनशील र ११ वटा मतदानस्थललाई सामान्य सूचीमा राखिएको छ ।

भौगोलिक अवस्था, सडक सञ्जालको पहुँच, सुरक्षा निकायको संस्थागत उपस्थितिलगायतलाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरिएको हो ।

सोहीअनुसार सुरक्षाको प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ । सुरक्षा निकायको तर्फबाट जिल्लाका दश स्थानीय तहअन्तर्गत रहेका मतदान स्थलको स्थलगत अनुमगमनसमेत गरिएको थियो ।

सोही अनुगमनको आधारमा सुरक्षा संवेदनशीलतालाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरिएको हो । यसपालि पनि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?