उपमेयर पदकी उम्मेदवार कुर्मीको मृत्यु

Read Time = 1 min

चन्द्रकान्त खनाल
रुपन्देही । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ ।
उनको गएराति हृदयघातका कारण निधन भएको हो । बिरामी परेपछि उहाँलाई उपचार गर्न जिल्ला अस्पताल लगिएको थियो।
कांग्रेसले आफ्नो तर्फबाट उपमेयर उम्मेदवार रहेकी कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाएको छ । कुर्मी ०७४ को निर्वाचनबाट पनि उपमेयर निर्वाचित हुनुहुन्थ्यो ।
स्थानीय तह निर्वाचन ऐन २०७३ मा व्यवस्था भए अनुसार उम्मेदवारको मृत्यु भए निर्वाचन स्थगित हुन्छ । मतदानको मिति सात दिनभन्दा कम भएको अवस्थामा नयाँ निर्वाचन कार्यक्रम बनाएर मतदान गर्ने व्यवस्था गरिएको छ । यदि सात दिनभन्दा अघि नै मृत्यु भएमा भने मतदानको मिति सार्न पर्ने छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?