धादिङ । धादिङको गजुरी गाउँपालिका–६ मिलनटारबाट करिब २० किलो अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका–८ बस्ने ३० वर्षीय केशब तामाङ र सोही ठाउँ बस्ने २६ वर्षीय थल बहादुर तमाङ रहेका छन् ।
किरानचोकबाट आदमघाटतर्फ आँउदै गरेको बा ८५ प ३७७० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित उनीहरुलाई पक्राउ गरेको हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको