-प्रकाश न्यौपाने
नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका निर्वतमान मेयर भीमबहादुर थापा (भरत) ले कार्यकाल अवधिभर पाएको तलबरभत्ता र अन्य सुविधाबापतको रकम नगरपालिकामा जम्मा गर्नु भएको छ । मेयर पदमा निर्वाचित भए लगत्तै उहाले आफूले नगरपालिकाबाट कुनै पनि सुविधा नलिने घोषणा गर्नु भएको थियो ।
आफ्नो कार्यकालमा नगरपालिकामा भएका कामको प्रशंसा बटुल्नु भएका थापाले व्यक्तिगत लगानीबाट पनि अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनु भएको थियो । तलबर भत्ता र अन्य सुविधाबापत पाएको कुल १८ लाख ५१ हजार ४ सय २४ रुपैयाँ मेयर थापाले नगरपालिकाको संचीत कोष र दैविक प्रकोप उद्धार विषेश कोषमा जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले बताउनु भयो । जम्मा गरेको रकममा सेवा सुविधाबापतको १४ लाख ८६ हजार, दैनिक भ्रमण भत्ताबापतको १ लाख ४१ हजार ३ सय र बैठक भत्ताबापतको २ लाख २३ हजार रहेको नगरपालिकाले जनाएको छ ।
थापा नेपाली कांग्रेसबाट निर्वाचित हुनु भएको थियो। पार्टीले अहिले मेयरको उम्मेदवारमा जिल्ला सभापति अर्जुनकुमार पोखरेललाई उठाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच