हिटा प्रधानसम्पादक दाहाल सम्मानित

Read Time = 7 mins

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्ड राज्य संसदले हिमालय टाइम्सका प्रधान सम्पादक एवम् वरिष्ठ पत्रकार प्रा.पुरुषोत्तम दाहाललाई सम्मानित गरेको छ । मेरिल्याण्ड प्रतिनिधि सभा सदस्य ह्यारि भण्डारीले अमेरिकाको राजधानी वाशिङटन डिसीमा आयोजित एक कार्यक्रमकाबीच दाहाललाई मेरिल्याण्ड राज्य संसदका तर्फबाट सम्मानित गर्नु भएको हो ।

विचारको स्वतन्त्रता, मानव अधिकार र लोकतन्त्रका पक्षमा दाहालले लामो समयदेखि गरेको योगदानका लागि सम्मान गरिएको सो सम्मान पत्रमा उल्लेख गरिएको छ ।

 

यसैबीच, अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका, नेपाल मदर डटकम र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेनमेन्ट हाउस अमेरिकाले पनि दाहाललाई सम्मान गरेको छ । पत्रकारिता, प्राध्यापन, साहित्य लेखनमा नेपाल आमाका लागि पुर्याउनु भएको योगदान स्वरुप सम्मान गरिएको सम्मान पत्रमा उल्लेख गरिएको छ । सो सम्मान पत्र वरिष्ठ पत्रकार, चर्चित कलाकार एवम् लेखक रामप्रसाद खनालले प्रदान गर्नुभएको थियो । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजित निर्वाचनमा प्रेस विषयक अन्तक्रिया कार्यक्रममा कवि रामप्रसाद खनालको कविता संग्रह ‘माटोको दुखाइ’ समेत लोकार्पित गरिएको थियो ।

सो समारोहमा वोल्दै प्रमुख अतिथि भण्डारीले स्वतन्त्र प्रेसको भूमिका समाज विकासका लागि महत्वपूर्ण रहेको विचार प्रकट गर्नुभएको थियो । उहाँले विचारको स्वतन्त्रताका लागि पाँच दशकदेखि निरन्तर योगदान गर्नुभएको दाहाललाई सम्मान गर्दा गौरव अनुभव भएको पनि बताउनुभयो । सम्मान ग्रहण गर्दै दाहालले विचारको स्वतन्त्रता, प्रेसको स्वतन्त्रता, मानव अधिकार, खुला समाजमा मात्र विकसित हुने र लोकतन्त्र बिनाको समाजमा यि कुनै पनि सम्भव नहुने विचार प्रकट गर्नुभएको थियो ।

सन् २०२० मा मेरिल्याण्ड राज्य संसदमा आफू र आफ्नी सहधर्मिणी शान्तालाई गरिएको सम्मानको स्मरण गर्दै नेपाली समूदायको गौरवका रुपमा राजनीति र समाज सेवामा पृथक परिचय वनाउनु भएका ह्यारी भण्डारीलाई र उहाँमार्फत मेरिल्याण्ड राज्य संसदलाई आभार प्रकट गर्नुभएको थियो । साथै अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र साहित्यकार रामप्रसाद खनालसहित आफूलाई सम्मानित गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।

नेपाली सञ्चारकर्मी समूह अमेरिकाले आयोजन गरेको कार्यक्रमको सभापतित्व सगरमाथा आरोही चर्चित पत्रकार एवम् नेजाका पूर्व अध्यक्ष आङछिरिङ सेर्पाले गर्नुभएको थियो ।

ग्लोव नेपाल डटकमका संस्थापक सञ्चालक गौतम दाहाल, नेजाका पूर्व अध्यक्ष तरुण पौडेल, पत्रकार भोला आचार्य, नेजाका संस्थापक महासचिव कृष्ण शर्मा, नेजस न्युमेक्सिकोका संस्थापक सभापति डा. देशराज संयोजक, डा. प्रदीप भट्टराई, राससका पूर्व अध्यक्ष पुरन्धर घिमिरे, भोला आचार्य, नेजस अमेरिकाका उपसभापति केशव वराल, एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्त, इक्वालिटी फाउण्डेसनका अध्यक्ष मेदिनी अधिकारी, नेजाकी क्षेत्रीय संयोजक लीला ओझा, डेमोक्रेटिक पार्टी मेरिल्याण्डका केन्द्रीय सदस्य अर्जुन हमाल, नेजस मेरिल्याण्डका सभापति रामशरण हुमागाईं, नासो कम्युनिटि अमेरिका अध्यक्ष राजेन्द्र सेञ्चुरी, अमेरिका नेपाल सहयोगी समाजका सल्लाहकार केदार तिम्सिना, समाजका वरिष्ठ उपाध्यक्ष रमेश ढकाल, समाजसेवी रामचन्द्र सुवेदी, दधी ढुंगाना, सुरेश अधिकारी, अनेसास मेरिल्याण्ड अध्यक्ष भरत वराइली लगायतले निर्वाचनमा प्रेसको भूमिकासहित शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?