काठमाडौं । जिल्ला अदालत काठमाडौंले म्याच फिक्सिङ (खेल मिलोमतो) को आरोप लागेका अलराउण्डर आदिल अन्सारी र क्रिकेट राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँचजनालाई सफाइ दिने आदेश गरेको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पाँचजनामाथि म्याच फिक्सिङको अभियोगमा नेपाल सरकारको दाबी नपुग्ने उल्लेख गर्दै सफाइ दिने आदेश गरेको हो ।
जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार पाँच खेलाडीलाई लगाएको अभियोगमा नेपाल सरकारको दाबी नपुगेपछि अदालतले सफाइ दिएको हो । गत वर्ष काठमाडौंमा भएको नेपाल टी-२० लिगमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परेका खेलाडी गत वर्ष नै तीन लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं