हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमाले कार्यकर्ताहरूले कांग्रेसका वडा सचिवमाथि आक्रमण गरेका छन् । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेका कार्यकर्ताले नेपाली कांग्रेस मनहरी गाउँपालिका ९ नम्बर वडा सचिवमाथि आक्रमण गरेका हुन् ।
सोमबार राति करिब साढे ११ बजेतिर एमालेका कार्यकर्ताहरूले कांग्रेस ९ नम्बर वडा सचिव शिवराज गिरीलाई अपशब्द प्रयोग गर्दै कुटपिट गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । गिरीले कांग्रेसका नेताहरूको उपस्थितिमा घटनाको विषयमा इलाका प्रहरी कार्यालय मनहरीमा उजुरी दर्ता समेत गराउनु भएको छ ।
कृष्ण उप्रेती, नवीन उप्रेती, ठाकुर अधिकारीलगायतले आक्रमण गरेर भागेको गिरीले बताउनु भयो । आक्रमणबाट आफूलाई कानमा चोट लागेको उहाँले बताउनु भयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :