मनहरीमा एमाले कार्यकर्ताद्वारा कांग्रेस वडा सचिवमाथि आक्रमण

Read Time = 1 min

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमाले कार्यकर्ताहरूले कांग्रेसका वडा सचिवमाथि आक्रमण गरेका छन् । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेका कार्यकर्ताले नेपाली कांग्रेस मनहरी गाउँपालिका ९ नम्बर वडा सचिवमाथि आक्रमण गरेका हुन् ।

सोमबार राति करिब साढे ११ बजेतिर एमालेका कार्यकर्ताहरूले कांग्रेस ९ नम्बर वडा सचिव शिवराज गिरीलाई अपशब्द प्रयोग गर्दै कुटपिट गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । गिरीले कांग्रेसका नेताहरूको उपस्थितिमा घटनाको विषयमा इलाका प्रहरी कार्यालय मनहरीमा उजुरी दर्ता समेत गराउनु भएको छ ।

कृष्ण उप्रेती, नवीन उप्रेती, ठाकुर अधिकारीलगायतले आक्रमण गरेर भागेको गिरीले बताउनु भयो । आक्रमणबाट आफूलाई कानमा चोट लागेको उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप रास्वपा सभापति लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किए