मकवानपुरमा निर्वाचन बुथ सुरक्षाका लागि वाइसीएल खटिने !

Read Time = 2 mins
A A- A+

हेटौंडा । नेकपा माओवादी केन्द्र निकट युवाहरूको संगठन वाईसिएल मकवानपुरले स्थानीय तह निर्वाचनमा निर्वाचन बुथहरूको सुरक्षाको लागि वाइसीएल खटाउने भएको छ । निर्वाचनलाई भयरहित बनाउन र शान्ति सुरक्षा कायम गर्न वाइसिएल खटाउन लागेको वाइसिएल मकवानपुरका संयोजक लवराज ठकुरीले बताउनुभयो ।

प्रत्येक मतदातालाई भयरहित वातावरणमा आफूले चाहेको प्रतिनिधि छान्ने अधिकारको सुरक्षा गर्न वाइसीएल नेपाल लागि पर्ने उहाँ बताउनु हुन्छ । जिल्लामा रहेको एक सय ६५ मतदान स्थलहरूमा करिब ६ हजारको हाराहारीमा वाइसीएल खटिने उहाँले बताउनुय भयो । जिल्लामा ‘एक बुथ २५’ युथ भन्ने नारासहित वाइसिएल सुरक्षामा खट्न लागेको उहाँले बताउनु भयो । जिल्लामा रहेका संवेदनशिल स्थानहमा भने ५० देखि ६० जनासम्म खटाइने उहाँको भनाइ छ ।

बुथको सुरक्षा सरकारले गर्छ : निर्वाचन अधिकृत

जिल्लाका बुथहरूमा वाइसीएल खटाएमा कारवाही गरिने मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनु भएको छ । निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सरकारले नै सुरक्षाकर्मी खटाएको उहाँको भनाइ छ । ‘त्यसरी जो बस्न मन लाग्यो त्यसले सुरक्षा गर्न पाउने भए किन राज्यको अर्बौ खर्च गर्नुपर्थ्यो र ?’ उहाँले भन्नुभयो ‘मकवानपुरमा त के अन्त पनि यस्तो व्यवस्था लागु हुँदैन । अटेरी गरेमा कारवाही गर्छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?