जुम्लामा स्थानीय तह निर्वाचनको तयारी पूरा

Read Time = 2 mins

-विजय रावत

जुम्ला । जुम्लामा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी टोली मतदानस्थलमा पुगिसकेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनसम्बन्धी प्रशिक्षण लिएर मतपत्र, मतपेटिका र परिचय पत्रलगायत,आवश्यक सामग्री सहित मतदान केन्द्रमा कर्मचारी खटाइएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले जानकारी दिनुभयो ।

जिल्लाका आठ वटा स्थानीय तहका ७९ मतदान स्थाल र १०२ मतदान केन्द्रमा ४ सय ९६ जना कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले जानकारी दिनुभयो । यहाँका ४१ मतदान केन्द्र अतिसंवेदनशील सुचीमा रहेकाछन् १५ केन्द्र संवेदनशील र २३ वटा सामान्य मतदान केन्द्र रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउनका लागि जिल्लामा सात सय बढी नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानबाट परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?