जुम्लामा स्थानीय तह निर्वाचनको तयारी पूरा

Read Time = 2 mins

-विजय रावत

जुम्ला । जुम्लामा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी टोली मतदानस्थलमा पुगिसकेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनसम्बन्धी प्रशिक्षण लिएर मतपत्र, मतपेटिका र परिचय पत्रलगायत,आवश्यक सामग्री सहित मतदान केन्द्रमा कर्मचारी खटाइएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले जानकारी दिनुभयो ।

जिल्लाका आठ वटा स्थानीय तहका ७९ मतदान स्थाल र १०२ मतदान केन्द्रमा ४ सय ९६ जना कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले जानकारी दिनुभयो । यहाँका ४१ मतदान केन्द्र अतिसंवेदनशील सुचीमा रहेकाछन् १५ केन्द्र संवेदनशील र २३ वटा सामान्य मतदान केन्द्र रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउनका लागि जिल्लामा सात सय बढी नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानबाट परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्तामा के भयाे छलफल ? चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे सालाहको रणनीति सफल, तर लुकाकुले खोसे इजिप्टको ऐतिहासिक जित तीन प्रणालीकाे प्रभाव, यी स्थानमा चट्याङ्ग सहित वर्षाकाे सम्भावना यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा राेकियाे स्पेन ‘काम छैन त दाम छैन’ कानुन नै आवश्यक प्रादेशिक विकास र पूर्वाधारलाई जोड दिँदै प्रदेशहरूको बजेट सार्वजनिक