यतिका मदिरालाई अन्तर्राष्ट्रिय मेडल

Read Time = 1 min

काठमाडौं । यति डिस्टिलरी प्रालिका उत्पादनले दुईवटा अन्तर्राष्ट्रिय मेडल प्राप्त गरेका छन् । यतिका उत्पादन ८८४८ भोड्का र ओल्ड दरबार ब्ल्याक चिम्नी हिृवस्कीले अमेरिकाको सान फ्रान्सिस्को वल्र्ड स्पिरिट प्रतिस्पर्धा (एसएफडब्लुएससी) २०२२ मा गोल्ड र डबल गोल्ड मेडल जितेका हुन् ।

यति डिस्टिलरीका अनुसार उक्त प्रतिस्पर्धा संसारभरका पाँच हजार मदिरा ब्राण्डबीच भएको थियो ।

यतिको ८८४८ भोड्काले गोल्ड मेडल र ओल्ड दरबार ब्ल्याक चिम्नी ब्लेण्डेड रिजर्भ हिृवस्कीले डबल गोल्ड मेडल जितेको हो । एसएफडब्लुएससीका अनुसार प्रतिस्पर्धामा गोल्ड मेडल प्राप्त गर्नुको अर्थ ‘उपलब्धिको उच्चतम बिन्दु नजिकै पुगेको असाधारण मदिरा’ भन्ने हुन्छ ।

विजेता छनोटका लागि विश्वभरबाट जम्मा भएका ७० निर्णायकले गत अप्रिलमा दुई हप्ता समय लगाएर पाँच हजार कम्पनीका मदिराको मूल्यांकन गरेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?