रहस्यमय मृत्यु भएको भन्दै प्रहरीले नियन्त्रणमा लियो किशोरीको शव

हिमालय टाइम्स
Read Time = 1 min

जनकपुरधाम । जनकपुरमा एक युवतीको रहस्यमय मृत्यु भएको भन्दै प्रहरीले शव नियन्त्रणमा लिएको छ। जनकपुरधाम उपमहानगरपालिका १९ जमुनियाकी १८ वर्षीया सरस्वती यादवको रहस्यमय मृत्यु भएको भन्दै प्रहरीले शव नियन्त्रणमा लिएको हो।

आज दिउँसो उनको शव प्रहरीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले बताउनु भयाे। कलमा पानी लिन जाँदा लडेर मृत्यु भएको भनेर आमाकी बालिकाले बयान दिएकी छन्।

स्थानीयबासिन्दाले भने सरस्वतीको राति नै मृत्यु भएको बताएका छन्। सरस्वतीलाई अनावश्यक औषधि खुवाइएपछि रक्तश्राव भएर राति नै घरमा मृत्यु भएको अनुसन्धानका क्रममा पाइएको प्रहरीको भनाइ छ।

घटना के कसरी भएको हो भन्ने विषयमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने प्रहरीले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?