मुम्बई । प्रसिद्ध संगीतकार शिवकुमार शर्माको निधन भएको छ । उहाँ एक प्रसिद्ध सन्तुर वादक हुनुहुन्थयो । शिवकुमार शर्मा ८४ वर्षका हुनुहुन्थ्यो र धेरै रोगबाट पीडित रहनुभएको थियो । उहाँ विगत केही महिनादेखि डायलासिसमा हुनुहुन्थ्यो । रिपोर्टका अनुसार उहाँको मृत्यु कार्डियक अट्याकका कारण भएको हो ।
उहाँ हरिप्रसाद चौरसियासँग जोडिनुभएको थियो र शिव–हरि जोडीले धेरै चलचित्रहरूमा संगीत दिनुभएको छ । शिव-हरि जोडीले ‘सिलसिला’, ‘लम्हे’, ‘चाँदनी’लगायत धेरै लोकप्रिय चलचित्रमा संगीत रचना गर्नुभएको छ । शिवकुमार शर्माको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले दुःख व्यक्त गर्नुभएको छ । यस्तै बलिउडका धेरै कलाकार, गायक र संगीतकारहरूले दुःख व्यक्त गरेका छन् ।
कश्मीरका शिवकुमार र इलाहावादका हरिप्रसादको यो महान् जोडी मंगलबार सधैंका लागि टुटेको छ । शिवकुमारले आफ्नो सन्तूरलाई सधैंका लागि छोडेर जानुभयो । उहाँको परम्पराको ध्वजवाहक उहाँका पुत्र राहुल शर्मा सन्तूरलाई अघिल्लो मुकामसम्म लिएर जाने प्रयासमा हुनुहुन्छ । राहुल आफ्नो पिताभन्दा धेरै प्रयोगधर्मी हुनुहुन्छ । उहाँले सन्तुरलाई लिएर केही आधुनिक प्रयोग पनि गरिरहनु भएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम