भिजन इनर्जीले आइपिओ जारी गर्ने

Read Time = 1 min

काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले नुप्चे लिखु जलविद्युत् आयोजनाको ६५ करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । आइपिओका लागि कम्पनीले एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल कम्पनीले नुप्चे खोला र लिखु खोलाको पानी प्रयोग गरी रामेछापको उमाकुण्ड गाउँपालिका १ मा नुप्चे लिखु जलविद्युत् आयोजना ५७.५ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीले विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरी विद्युत् खरिद-बिक्री सम्झौता (पिपिए), वित्तीय व्यवस्थापन, वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?