काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीको सेयर आगामी जेठ ५ गतेसम्म भर्न सकिने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दाका लागि वैशाख १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो ।
साधारण सेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङको दोर्दी गाउँपालिकाका बासिन्दाले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ता र अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
स्थानीय बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने बताइएको छ । साथै सिद्धार्थ बैंकको बेसीशहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबी बैंकको बेसीशहर शाखामा पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले जारी पुँजी एक अर्ब पाँच करोड ४२ लाख ६० हजार चार सय रुपैयाँको १० प्रतिशत सेयर जारी गरेको हो । जसअनुसार प्रतिकित्ता सय रुपैयाँ अंकित दरका १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ मूल्यको १० लाख ५४ हजार दुई सय ६० कित्ता सेयर जारी गरिएको कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध