भोट हाल्न गाउँ फर्किनेहरुको भीड

Read Time = 2 mins

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न गाउँ फर्किनेहरुको भीड लागेको छ । काठमाडौंबाट बाहिरिने विभिन्न नाकाहरुमा घर फर्किने नागरिकहरुको भीड लागेको हो । काठमाडौं उपत्यकाबाट बाहिरिने कोटेश्वर, थानकोट लगायतका नाकाहरुमा घर फर्किनेहरुको भीड देख्न सकिन्छ । काठमाडौंबाट मतदानका लागि घर फर्किनेहरु बढेसँगै काठमाडैंको सडकमा सवारीको चाप कम भएको छ । विशेष गरी काठमाडौंबाट छिमेकी जिल्लाहरुमा जाने मानिसहरु धमाधम गाउँ फर्किन थालेका हुन् । काठमाडौंको बालाजु, बल्खु, कलंकी लगायतका ठाउँमा पनि बसको टिकट काट्नेहरुको लाम देख्न सकिन्छ । ५ वर्षपछि स्थानीय तहको निर्वाचमा भोट हाल्न जाने मतदाताहरु उत्साहीत देखिन्छन् । गाउँ फर्किनेहरुको संख्या बढीरहेकोले सवारीहरुमा सर्वसाधारण खचाखच भरिएका छन् । मंगलवार राती १२ बजेसम्म ५९ हजार ६१ जना गाउँ फर्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्य : अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँ : सचिव दुवाडी नुवाकोट बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, तीन घाइते काठमाडौं उपत्यकाका पाँच स्थानबाट एलपी ग्यास वितरण सुरु नुवाकोटमा बस र इभी भ्यान भिरबाट खसे एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गण्डकी प्रदेशमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला गर्ने विधेयक… भोजपुरमा लाखे नाच संरक्षणमा जुटे युवा मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु सर्वोच्च अदालतका कारण सरकारले लक्ष्यअनुसार कार्य सम्पादन गर्न सकेन : मुख्यसचिव कार्की