जंगलमा लागेको आगो अनियन्त्रीत हुँदा घर जलेर नष्ट

राजकुमार कार्की ओखलढुङ्गा
Read Time = 2 mins

ओखलढुंगा । ओखलढुंगा जिल्ला मोलुङ गाउँपालिका वडा नं १ मा सामुदायिक वनमा लागेको आगो अनियन्त्रीत भई ब्यक्तिको घर र गाईगोठ जलेर नष्ट भएको छ । वनमा लागेको आगो अनियन्त्रीत भई मोलुङ गाउँपालिका वडा नं १ निवासी चिन्तामणी धमलाको घर र गाईगोठ जलेर नष्ट भएको हो ।

मंगलबार वडा नं २ तल्लोटारस्थित रानीवन सामुदायिक वनमा लागेको आगो अनियन्त्रीत भई वडा नं १ को चिहानडाँडा सामुदायिक वनमा समेत आगो लागेको थियो । उक्त वनमा लागेको आगोलाई पनि नियत्रणमा लिन नसक्दा ब्यक्तिको घर जल्न पुगेको स्थानियबासीले बताएका छन् । मंगलबार अन्दाजी १२ बजेको समयमा मोलुङ-२ रानीवन सामुदायिक वनमा आगो लाग्न शुरु भएको थियो ।

आगो नियन्त्रण गर्न नसकेपछि वडा नं १ स्थित चिहाँन डाँडा सामुदायिक वन कुन्तादेवीमा आगलागी भएको थियो । उक्त सामुदायिक वनमा लागेको आगो अनियन्त्रीत भई ढुंगामाटोले बनेको टिनको छानो भएको २ तले घर र घर नजिकै रहेको गाईगोठ जलेर नष्ट भएको छ । धमलाको उक्त घर जल्दा ५ लाख बराबरको क्षेति भएको प्रहरीले जनाएको छ । घर जल्दा घरभित्र भएका लत्ताकपडा, भाँडावर्तन, अन्नपात, फर्निचर लगायतका घरायसी सामग्रीहरु जलेर नष्ट भएका छन् ।

घर नजिकै रहेको गाईगोठ पनि जलेर नष्ट भएको छ । मानविय पशुचौपयामा भने केहि क्षेति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल आर्मीको टोली समेत घट्नास्थलमा पुगी आगो निभाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरिक्षक बलिस्टार सिँहले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?