नेपाल आउन ज्याकलिनले माग्नुभयो अदालतसँग स्वीकृति

Read Time = 2 mins

मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले नेपाललगायत अन्य केही देशमा जान अदालतसँग स्वीकृति माग्नुभएको छ । उहाँले हालै दिल्ली अदालतमा नेपाल, आबुधावी र फ्रान्स यात्रामा जान अनुमतिका लागि दिल्ली अदालतमा निवेदन पेश गरेको नवभारत टाइम्सले जनाएको छ ।

दुई सय करोडको मनी लन्ड्रिङ मुद्दामा फस्नु भएकी उहाँको गत सातामात्रै प्रवर्तन निर्देशालय (ईडी)ले उहाँको करिब सात करोड सम्पत्ति जफत गरेको थियो । यही, मुद्दाकै कारण इडीले उहाँविरुद्ध लुक आउट सर्कुलर जारी गरेको छ, जसअन्तर्गत उनलाई अहिले देश छोडेर जान प्रतिबन्ध लगाएको छ ।

यसै सम्बन्धमा उहाले दिल्ली अदालतमा निवेदन दिनुभएको हो । उहाँले नेपालमा यही जेठ १४ (मे २८) मा हुन लागेको ‘दबंग टुर रिलोडेड’मा सहभागी हुन, आबुधावीमा हुने आइफा अवार्डमा सहभागी हुन र फ्रान्स यात्रा गरी करिब १५ दिनको विदेश भ्रमणमा जान पाऊँ भन्दै निवेदन पेश गर्नुभएको हो ।

यही, प्रतिबन्धका कारण गत वर्ष दुबईमा भएको ‘दबंग टुर रिलोडेड’ मा पनि उहाँ जान पाउनुभएको थिएन । उहाँलाई मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलको सेक्युरिटीले रोकेर फिर्ता पठाएको थियो । सोही दिनदेखि उहाँलाई मुम्बई छोडेर जान रोक लगाइएको छ ।

स्रोतका अनुसार अदालतबाट यसबारेको निर्णय २० तारिखमा सुनाउनेछ । त्यही निर्णयको आधारमा उहाँ नेपाल आउने नआउने पक्का हुन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?