सगरमाथा इन्स्योरेन्सको लाभांश पारित

Read Time = 1 min

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । मंगलबार सम्पन्न कम्पनीको २५औँ वार्षिक साधारणसभाले लाभांश प्रस्ताव पारित गरेको हो ।

लाभांश पारितसँगै कम्पनीका सेयरधनीले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर समायोजनार्थ १.०५२६३ प्रतिशत नगद लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७४/०७८ मा १६.०५ प्रतिशतले व्यवसाय वृद्धि गर्दै दुई अर्ब ६१ करोड रुपैयाँ बराबर बिमाशुल्क आर्जन गरेको छ ।

एनएफआरएसअनुसार ४४ करोड ७४ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको कम्पनीले आव २०७७/०७८ को तुलनामा चालु आवको २०७८/०७९ को चैतसम्ममा १०.८६ प्रतिशतले कुल दाबी भुक्तानी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताउनुभएको छ । सो अवधिमा कम्पनीको व्यवसाय २१.९७ प्रतिशतले वृद्धि भई दुई अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप रास्वपा सभापति लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किए