काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । मंगलबार सम्पन्न कम्पनीको २५औँ वार्षिक साधारणसभाले लाभांश प्रस्ताव पारित गरेको हो ।
लाभांश पारितसँगै कम्पनीका सेयरधनीले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर समायोजनार्थ १.०५२६३ प्रतिशत नगद लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७४/०७८ मा १६.०५ प्रतिशतले व्यवसाय वृद्धि गर्दै दुई अर्ब ६१ करोड रुपैयाँ बराबर बिमाशुल्क आर्जन गरेको छ ।
एनएफआरएसअनुसार ४४ करोड ७४ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको कम्पनीले आव २०७७/०७८ को तुलनामा चालु आवको २०७८/०७९ को चैतसम्ममा १०.८६ प्रतिशतले कुल दाबी भुक्तानी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताउनुभएको छ । सो अवधिमा कम्पनीको व्यवसाय २१.९७ प्रतिशतले वृद्धि भई दुई अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल