भोजपुरमा धमाधम मतदान स्थल बन्दै

Read Time = 2 mins

भोजपुर । भोजपुरका मतदान केन्द्रहरुमा नयाँ परिचय पत्र बितरणसँगै मतदान स्थलहरु समेत धमाधम निर्माण हुन थालेका छन् ।

बैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि बिहिवार भित्रमा परिचय पत्र बितरण र मतदान स्थल निर्माणको कार्य सक्नु पर्ने भएकोले दुवै काम भई रहेको मतदान अधिकृतहरुको भनाई रहेको छ ।

स्थानीय तहको निर्वाचनका लागि भोजपुरका अधिकांश मतदान स्थल तयार पारिएका छन् । स्थानीय तह निर्वाचनका लागि ९ वटै स्थानीय तहमा मतदानस्थल तयार हुदै छन भने केहीमा तयारी नै सकिएको छ । भोजपुर जिल्लामा ८७ वटा मतदान स्थल र १ सय ६० वटा मतदान केन्द्र तोकिएको छ । जहाँ मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक गरी ८ सय कर्मचारी परिचालन गरिएको छ भने २ हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।।

मतदानस्थलमा बार हालेर र डोरी टाँगेर मतदाता उभिने ठाउँ, कर्मचारी बस्ने ठाउँ, मत संकेत गर्ने ठाउँ, मत पेटिका राख्ने ठाउँ लगायतका संरचना तयार पारिएको छ । बाँकी रहेका मतदानस्थल समेत बिहिबार दिनभरीमा तयार हुने जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।

मतदान केन्द्रहरुबाट नयाँ थपिएका मतदाताहरुको परिचय पत्र समेत बितरण भई रहेको छ । स्थानीय तह निर्वाचनका लागि जिल्लाको कुल मतदाता संख्या १ लाख २५ हजार ९ सय २६ रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?