संयुक्त राष्ट्रसंघका महासचिवद्वारा खाद्य सुरक्षाका लागि आव्हान

Read Time = 2 mins

न्यूयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्व खाद्य सुरक्षाका लागि केही पहल गर्नुपर्ने बताउनुभएको छ । उहाँले केही वर्षयतादेखि नै विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने अवस्था देखिँदै आएको बताउँदै तर युक्रेन र रुसको द्वन्द्वका कारण पछिल्ला दिनमा यसको समस्या झन् बढी देखिएको बताउनुभएको छ ।

विश्वमा दिन प्रतिदिन खाद्य संकट बढ्दै गएको भन्दै यसका लागि केही गर्नुपर्ने उहाँले बताउनुभएको छ । विश्वका देशहरूलाई खाद्यान्नको सुरक्षाका लागि पनि विशेष खालका कार्यक्रमहरू लक्षित गर्न उहाँले आग्रह गर्नुभएको हो । उहाँले अहिले विश्वमा खाद्य असुरक्षा बढ्दै गएको र त्यस्तै अवस्था आफूले हालै गरेको युक्रेन र रुसको भ्रमणका क्रममा पनि देखिएको भन्दै यसका लागि केही गर्नुपर्नेमा सबैलाई आग्रह गर्नुभएको छ ।

भियनामा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले सो कुरामा जोड दिनुभएको थियो । रुस युक्रेन द्वन्द्वका कारण यहाँ इन्धनको आपूर्तिमा समस्या देखिएको र त्यसबाट उत्पन्न भएको समस्याबाट हाल ती दुई देश मात्र नभएर बाहिरी विश्व पनि समस्यामा परेको महासचिव गुटरेसको भनाइ थियो । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?