कांग्रेसले मात्रै देशमा समृद्धि ल्याउँछ : सिंह

k|d'vsf pDd]bjf/ l;+xåf/f dtbfg sf7df8f}F, #) j}zfv M sf7df8f}F dxfgu/kflnsfsf] k|d'vsf pDd]bjf/ l;h{gf l;+x sf7df8f}F dxfgu/kflnsf–!^, ksgfhf]nl:yt g]kfn o'js dfWoflds ljBfnodf /x]sf] s]Gb|df dtbfg ub}{ . tl:a/M /Tg >]i7÷/f;;

Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गर्नुभएको छ ।

सत्ता गठबन्धनको तर्फबाट प्रमुखमा उम्मेदवारी दिनुभएकी काँग्रेस नेतृ सिंहले क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गर्नुभएको हो । मतदान गरेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उहाँले काठमाडौंलाई व्यापारिक केन्द्र बनाउने घोषणा गर्नुभयो । मेयरकी उम्मेदवार सिंहले देशमा काँग्रेसले मात्रै विकास र समृद्धि गर्ने भन्दै काँग्रेस र गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताउन आग्रह गर्नुभयो ।

मेयरकी उम्मेदवार सिंहले भन्नुभयो, ‘म आफू जित्छु भनेर ढुक्क छु । हाम्रो पार्टी नेपाली काँग्रेसले मात्रै देशमा समृद्धि ल्याउँछ । आर्थिक उन्नती गर्छ । त्यसैले नेपाली काँग्रेसका उम्मेदवार र गठबन्धनका उम्मेदवारलाई जिताइदिनु होला । काठमाडौंलाई व्यापारीक केन्द्र, पर्यटकीय केन्द्र बनाउन आएको छु । यहाँका समस्यालाई समाधान गर्छु । काठमाडौंलाई सफा गरेर देखाउँछु ।’

मेयरकी उम्मेदवार सिंहले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै जितपछि काठमाडौंका हरेक समस्या समाधान गर्ने बताउनु भयो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?