इलाम । मतदान गरिसकेपछि पूर्व प्रधानमन्त्री झलनाथ खनालले निर्वाचन आफ्नो नेतृत्व लाई नवीकरण गर्ने अवसर रहेको बताउनु भएको छ ।
उहाँले अहिले पनि नेपालमा लोकत्रन्त्र कलिलो अवस्थामा रहेकाले यो निर्वाचन संविधानको रक्षा, मुलुकलाई स्थायित्व दिने दिसा तर्फ आगाडी बढ्ने यो निर्वाचनको उदेश्य रहेको बताउनु भयो ।
अघिल्लो निर्वाचन बाट देशामा स्थायित्व कायम राख्ने अपेक्षा गरेका थिए गलत नेतृत्वका कारण त्यो सफल नभएको बताउनु भयो । सूर्योदय नगरपालिका ९ रम्फोकस्थित राष्ट्रिय आधारभुत विद्यायबाट मतदान गरिसकेपछि उहाँले अव निर्वाचन बाट मुलुकलाई स्थायित्व दिँदै समाजवादको आधार त्यार पार्ने वताउनु भएको छ ।
त्यस्तै नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ्गले इलाम सदरमुकामको इलाम नगरपालिका–७ को महेन्द्र रत्न बहुमुखि क्याम्पसको मतदान केन्द्रमा मतदान गरेपछि नेम्वाङ्ले भन्नु भयो, ‘लामो समय देखि जनताले जनताको लागि बनाएको संविधानलाई व्यबहारमा कार्यान्वयन गर्न आफ्नो ठाउँ बाट भुमिका निर्वाह गर्नुहोला । सिंहदरबारको अधिकार गाउँमा पुर्याउने अभियान घोषणा गरे अनुरुप त्यो अभियान लाई सफल बानाउन र कार्यान्वयनमा ल्याउनको लागि आज महत्वपूर्ण दिन रहेको बताउनु भयो । यसका लागी यो निर्वाचन फलदायी भएको छ बताउनुभएको छ ।’
उहाँहरु दुबै नेताले आफ्नो आफ्नो मतदान केन्द्रमा बिहान ८ बजे मतदान गर्नुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच