स्वर्गीय अभिभावकको स्मृतिमा शिक्षा पुरस्कारको लागि अक्षय कोष स्थापना

हिमालय टाइम्स
Read Time = 3 mins

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका-८ को एक परिवारले आफ्ना स्वर्गीय अभिभावककोे स्मृतिमा शिक्षा पुरस्कारको लागि एक लाखको अक्षय कोष स्थापना गरेको छ ।

स्वर्गीय वालकृष्ण वाग्लेको परिवारले हरिवन नगरपालिका-८ कै बेतालीमा रहेको जनजागृति माध्यामिक विद्यालयमा एक लाखको अक्षय कोष स्थापना गरेको हो । हरेक वर्ष कक्षा ८ मा सर्वोत्कृष्ठ अंक ल्याएर उतिर्ण हुने एक छात्रा र एक छात्र गरि दुई विद्यार्थीलाई पुरस्कार प्रदान गर्न एक लाखको वालकृष्ण स्मृति पुरस्कार कोष स्थापना गरेको उहाँका कान्छा छोरा चूडामणि वाग्लेले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व रक्षा मन्त्री एवं प्रतिनिधि सभाका सदस्य हरि उप्रेतीले विद्यालयलाई अक्षय कोषको रकम हस्तान्तरण गर्नु भएको थियो ।

यो वर्षको पुरस्कार उक्त जनजागृति माध्यामिक विद्यालयवाट कक्षा ८ मा प्रथम भएका विद्यार्थी तेज बहादुर बस्नेत र द्वितिय विद्यार्थी शिवानी मोक्तानले प्राप्त गरेका छन् । उनीहरुलाई नगद दुई हजार पाच सय र प्रमाण पत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।

अक्षय कोष एवं पुरस्कार हस्तान्तरण कार्यक्रममा पुर्व रक्षा मन्त्री हरि उप्रेती, हरिवन नगरपालिकाका नगर प्रमुख रमेश वुढाथोकी, वडा अध्यक्ष प्रज्वल ढुंगानालगायतले वाग्ले परिवारले गरेको काम प्रशंसनीय भएको धारणा राख्नुभयो । उहाँहरुले यो कोष स्थापनाले अरुलाई पनि यस्तो काम गर्न प्रेरणा मिल्ने बताउनु भयो ।

अर्को वर्षदेखि अक्षय कोषको व्याजवाट पुरस्कारलाई निरन्तरता दिईने विद्यालयका प्रधानाध्यापक चन्द्र मोहन झाले जानकारी दिनुभयो । कार्यक्रममा विद्यार्थी, अभिभावक, जनप्रतिनिधि र स्थानीयबासीको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?