सुविच्छा कटेज र बेली युवा क्लब फाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

धनगढी । कैलालीको कैलारी गाउँपालिका-८ लोहरपुरमा भइरहेको तेस्रो भजहर कप फुटबल प्रतियोगितामा सुविच्छा कटेज र बेली युवा क्लब फाइनलमा प्रवेश गर्नुभएको छ । थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुँदै आएको भजहर कपको तेस्रो संस्करणअन्तर्गत सेमिफाइनलमा जित हात पार्दै सुविच्छा केटज र बेली युवा क्लब फाइनलमा प्रवेश गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा सुविच्छा कटेज सेठकलियालेआयोजक श्री जनहित युवा क्लबलाई दुई-एकले किनारा लगायो । खेलमा सुविच्छाका एवन चौधरी म्यान अफ द म्याच हुनुभयो । उहाँले नगद एक हजार पुरस्कार पाउनुभयो । दोस्रो सेमिफाइनल खेलमा बेली युवा क्लबले विहारी युवा क्लब बिजुलियालाई एक-शून्यले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । खेलको म्यान अफ द म्याच बेलीका प्रवेश चौधरी हुनुभयो । उहाँले नगद एक हजार पुरस्कार पाउनुभयो ।

श्री युवा जनहित क्लबको आयोजनामा भईरहेको प्रतियोगिता वैशाख २३ सुविच्छा कटेज र बेली युवा क्लब प्रतिस्पर्धा गर्ने छन् । पहिचानमा आधारित खेलकुद विकासमा हाम्रो रहर, थारू कला संस्कृति संरक्षणका लागि भजहर भन्ने नाराका साथ भइरहेको प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजारसहित ट्रफी प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिनुभयो ।

थारू समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडि बढाउन गरिँदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ । त्यसका साथै थारू कला संस्कृतिहरु पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?