नेपालमा अदुवाको व्यावसायिक उत्पादन र निकासी अवस्था

Read Time = 11 mins

डा. सुमनकुमार रेग्मी

अदुवालाई हार्मोनाइज्ड (एचएस) कोडमा ०९१०१००० अन्तर्गत राखिएको छ । नेपालमा अदुवा निकासी र पैठारी हुँदै आएको छ । आ.व. २०१२-१३ (२०६९-७०) मा १.३ अर्बको निकासी भएको देखिन्छ भने केही वर्षअगाडि ७४ करोड रुपैयाँको अदुवा चीन, थाइल्याण्ड, भारत, संयुक्त अधिराज्यबाट आयात भएको देखिन्छ । आ.व. २०७०-०७१ मा ४५ करोड रुपैयाँको मात्र अदुवा निकासी भएको देखिन्छ तर २०७१-०७२ मा अघिल्लो वर्षभन्दा निकासी केही बढेको बताइन्छ । नेपालबाट अदुवा निकासी भएका देशहरूमा जापान, भारत, संयुक्त अधिराज्य आदि छन् । आ.व.२०७१/०७२ पछि अदुवा उत्पादन र निकासीमा वृद्धि हुँदै आएको छ ।

अदुवाको निकासी आ.व. २०७९/०८० विसं मा १०५ प्रतिशतले बढेर २०७९/०८० को नौ महिनामा साढे आठ अर्ब रुपैयाँको अदुवा निकासी पुगेको छ । तुलनात्मक लाभको वस्तुका रूपमा भइरहेको अदुवाको निर्यात बेपत्ता बढेको छ । अन्य वस्तुका निर्यात घटिरहेको बेला स्वदेशी उत्पादन अदुवा निर्यात भने दोक्बर निर्यात भएको छ ।

नेपालमा अन्न फलाउँदै आएको जमिनमा अदुवाको व्यावसायिक खेती गरेका नेपाली किसानले अरू खेतीभन्दा अदुवा खेती गर्न लोभिएका छन् । तीन रोपनी जमिनमा अन्न बाली लगाउँदा तीन महिना खान नपुग्ने किसानको परिवार अदुवा खेतीबाट राम्रो फाइदासहित विदेशमा निकासी गर्न भ्याएका छन् । कम जमिनमा पनि अदुवाले आन्तरिक बजार र निकासीबाट राम्रो आम्दानी भएपछि वर्षेनी अदुवाको खेतीको क्षेत्रफल बढ्दै गएको छ ।

अदुवाको खेती भएको कुनै जिल्लामा वार्षिक करिब २३ करोडभन्दा बढीको फसल भएको बताइन्छ । कुनै जिल्लामा कुनै वर्ष १८ हजार ५ सय टन अदुवा उत्पादन भएको देखिन्छ । कुनै जिल्लामा प्रतिहेक्टर १५ टनका दरले अदुवा उत्पादन भएको देखिन्छ ।

कुनै वर्ष केही जिल्लामा अदुवाको मूल्य नपाएर निराशं भएका किसान पछिल्ला वर्षमा अदुवासहित अरू मसला बालीबाट सन्तुष्ट र खुशी देखिन्छन् । कुनै वर्ष लगानीसमेत गुमाएका किसानले पछिल्ला वर्षमा लगानी गर्न पुग्ने रकम पनि प्राप्त गरिआएका देखिन्छन् । अदुवा खेती हुने जिल्लामा नसे र बोसे दुवै प्रजातिका अदुवा उत्पादन भइआएको छ । जिल्ला-जिल्लामा अलैंचीपछि मुख्य नगदेबालीमा अदुवाले स्थान लिएको देखिन्छ ।

अदुवाको खेती भएको कुनै जिल्लामा वार्षिक करिब २३ करोड रुपैयाँभन्दा बढीको फसल भएको बताइन्छ । कुनै जिल्लामा कुनै वर्ष १८ हजार पाँच सय टन अदुवा उत्पादन भएको देखिन्छ । कुनै जिल्लामा प्रतिहेक्टर १५ टनका दरले अदुवा उत्पादन भएको देखिन्छ । अदुवा नेपालको परम्परागत खेती हुँदै आएको छ । बहतर सालको भूकम्पले गर्दा गाउँ-गाउँका किसानको आर्थिक अवस्था उकास्न अदुवालगायतका अरू नगदेबाली बढाउनै पर्ने देखिएको छ । भारतीय बजारमा अदुवा निकासी गर्दै आएका नेपाली कृषकहरूले अदुवा सीमाक्षेत्रमा भारततर्फ कहिलेकाहीँ विगतमा निकासी गर्न नदिएको अवस्था आएको थियो । नेपालको दोधारा-चाँदनी क्षेत्रमा पनि अदुवा खेती हुँदै आएको छ ।

जिल्ला-जिल्लाका कुनै-कुनै गाउँपालिकाबाट पनि किसानले कुनै वर्ष त एक करोड रुपैयाँको अदुवा बिक्री गर्दै आएका देखिन्छन् । २०७१ साल अघि उत्पादनस्थलमा नै अदुवा प्रतिकेजी ७५ रुपैयाँसम्म पनि पुगेको देखिन्छ । कुनै जिल्लामा त कुनै वर्ष अदुवा धार्नीको २ सय रुपैयाँ नाघेको अवस्था छ । कुनै वर्ष त अदुवाको भाउ बढेपछि जिल्ला-जिल्लाका ग्रामीण क्षेत्रमा अदुवाको बिउको पनि अभाव हुने गरको देखिन्छ । २०७१ वैशाखमा प्रतिकिलो अदुवा तीन सय रुपैयाँ पुगेको देखिन्छ । यस वर्ष प्रशस्त उत्पादन भएर किसानले प्रतिकिलो ८० रुपैयाँमा बेचेकोमा व्यापारीले ३ सय रुपैयाँमा बिक्री गरेको पाइन्छ ।

यसबाट के देखिन्छ भने वास्तविक अदुवा किसानले खेतीबाट फाइदा उठाउन सकेका छैनन् । कुनै वर्ष भारतीय बजारमा नेपाली अदुवाको माग बढेकाले अदुवाले बढी मूल्य पाएको बताइन्छ । कुनै वर्ष भारतमा अदुवाका उत्पादनमा कमी आएमा यस्तो अवस्था आएको देखा पर्दछ । खाने र बिउको अदुवाको मूल्य फरक देखिन्छ । जिल्लामा भएका अदुवा उत्पादनको मूल्य भारतको बजारमा भर पर्ने गरेको छ । अग्र्यानिक सुकेको र ताजा अदुवा युरोपमा प्रतिकिलो ३ देखि ५ डलरसम्ममा निकासी भएको देखिन्छ । नेपाली अदुवाको २०७९/०८० आउँदा पनि बाहृय बजारमा नेपाली बजारमा नेपाली अदुवाको भाउ बढेको छैन् ।

अग्र्यानिक अदुवाको माग युरोपमा अत्यधिक मात्रामा छ । नेपालमा उत्पादित र प्रशोधित अदुवा भारतमा परीक्षण गर्दा अग्र्यानिक प्रमाणित भएका कारणले र थप पक्षिणका लागि युरोपमै पठाउन थालिएकाले नेपालको अदुवाको भविष्यमा बाहृय बजार समस्या नपर्ने हुँदै जान्छ ।

जिल्ला-जिल्लाका सम्पूर्ण किसानलाई अदुवा खेतीप्रति आकर्षित गर्न सके किसानको आर्थिक अवस्था नाटकीय रूपबाट माथि उठ्ने र जिल्ला-जिल्लाका अर्थतन्त्रसमेत बलियो हुने देखिन्छ । नेपालका कुनै एक जिल्लामा सरदर करिब १ हजार ३ सय हेक्टर क्षेत्रफलमा व्यावसायिक अदुवा खेती गरिँदै आएको छ । कुनै-कुनै जिल्लाको अदुवा उत्पादनमध्ये ५ प्रतिशत आन्तरिक बिक्री र ९५ प्रतिशत भारत, बंगलादेश र अन्य देशमा निकासी हुने गरेको छ । भारतमा नेपाली अदुवाको निकासी सिलुगुढी, बरेनी, कानपुर हुँदै दिल्लीसम्म पनि पुगेको देखिन्छ ।

नेपालको अग्र्यानिक अदुवा विगतमा युरोपतिर पनि निकासी भएको देखिन्छ । नेपालको कुनै जिल्लामा अग्र्यानिक अदुवा प्रशोधन केन्द्र स्थापित भएर सम्भव भएको हो । अग्र्यानिक अदुवाको माग युरोपमा अत्यधिक मात्रामा छ । नेपालमा उत्पादित र प्रशोधित अदुवा भारतमा परीक्षण गर्दा अग्र्यानिक प्रमाणित भएका कारणले र थप पक्षिणका लागि युरोपमै पठाउन थालिएकाले नेपालको अदुवाको भविष्यमा बाहृय बजार समस्या नपर्ने हुँदै जान्छ ।

अदु्वा मसला, औषधि, मदिरा, जुस, तेललगायत सामग्री निर्माणमा उपयोग हुन्छ । कोल्डस्टोरको अभावमा अदुवा जगेडा राख्न नसकिएकाले अदुवा सस्तोमा बेच्न किसान बाध्य भएका देखिन्छन् । कुनै जिल्लामा कृषि उपज संकलन केन्द्र खुले पनि त्यो अदुवाको प्रयोगको लागि उपयोग भएको देखिदैन् । कुनै जिल्लामा अदुवाकोे सामुहिक अदुवा खेतीको प्रचलन रहेको छ । जिल्लामा अदुवाको बिउ खेती पनि गरिँदै आएको छ । आवश्यक मात्रामा मलजल, गोडमेल, र सिँचाई पुग्यो भने गुणस्तरीय अदुवा उत्पादन हुन जान्छ ।

विगत केही वर्षदेखि बाहृय बजारबाट अदुवाको माग अत्याधिक रूपमा आउन थालेपछि नेपालका अदुवा खेती हुने पहाडी जिल्लाबाट यसको व्यावसायिक खेती फष्टाएको देखिन्छ । भारत, बंगलादेश लगायतका देशमा अदुवाको माग बढेपछि कुनै जिल्ला–जिल्लाका किसानले अन्य खेती छोडेर अदुवाको व्यावसायिक खेतीप्रति आकर्षित भएका देखिन्छन् । कुनै वर्ष बाहृय बजारबाट अदुवाको माग बढी भएको बेला अदुवाको मूल्य पनि आकाशिएको अदुवाको ठूला व्यापारीले बताउँदछन् । नेपालमा उत्पादित अदुवामध्ये ४० प्रतिशत आन्तरिक बजारमा र बाँकी ६० प्रतिशत विशेषतः भारततर्फ निकासी हुँदै आएको देखिन्छ ।

नेपालमा अदुवाको निकासी अभिवृद्धि गर्न चाल्नुपर्ने कदमहरूमा अदुवा कारोबारका लागि नीतिगत प्रणालीको विकास गर्ने, अदुवाको दिगो संकलनदेखि प्रशोधन गर्न अदुवा उत्पादन हुने जिल्लाहरूको सर्वेक्षण गरी उपलब्ध कूल निकासी परिमाणको यकिन गर्ने, अदुवासँग सम्बन्धित सम्पूर्ण सरोकारलाई सम्मिलित अनुसन्धान निकायसमेत एक छुटै निकाय यसको विकास र निकासी प्रबद्र्धन गर्न खडा गरिनुपर्ने आदि छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?