कांग्रेस उम्मेदवार सवार गाडीको ठक्करबाट एक वृद्धको मृत्यु

Read Time = 1 min

काठमाडौं । रूकुम पश्चिममा नेपाली कांग्रेसका उम्मेदवार सवार गाडीको ठक्करबाट एक वृद्धको ज्यान गएको छ ।

जनककुमार बाँठामगर सवार गाडीबाट बाफिकोट गाउँपालिका ७ मा ७० वर्षीय प्रवीण खत्रीको मृत्यु भएको हो । लु३च ३३६ नम्बरको गाडीले ठक्कर दिँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

नेता वाँठा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गर्दा मत हाल्न मतदान केन्द्रतिर जाँदै गरेका खत्रीलाई गाडीले ठक्कर दिएको थियो । प्रहरीले गाडी चालक देवराज शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?