मेयर उम्मेदवार दीपकराज जोशीलाई उपचारका लागि पोखरा लगियो

Read Time = 2 mins

तनहुँ । व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपराज जोशीलाई थप उपचारका लागि पोखरा लगिएको छ । दमौली अस्पतालमा सामान्य उपचार पश्चात् पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिनु्भयो ।

‘केही मिनेट अगाडी मात्र दमौली अस्पतालको एम्बुलेन्समार्फत पोखरा पठाइएको छ’, उहाँले भन्नुभयो । प्रहरी निरीक्षक अधिकारीका अनुसार जोशीको आँखाको माथिपट्टी टाउकोमा चोट लागेको छ ।

जोशीलाई सुरुमा उपचारका लागि काठमाडौं लाने भनिएको थियो । एकातिर मौसम बिग्रेको र अर्कोतिर हेलिकोप्टर नपाएपछि एम्बुलेन्समार्फत पोखरा लगेको बुझिएको छ ।

व्यास नगरपालिका–८ रिस्तीमा रिस्ती गाविस भवन मतदान केन्द्रको निरीक्षणमा जानु भएका जोशीलाई कांग्रेसका कार्यकर्ताले कुटपिट गर्दा उहाँ घाइते भएका हुनु भएको थियो । यो वडा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह वडा हो । कांग्रेस कार्यकर्ताले जोशीलाई कुटपिट गर्नुका साथै उहाँ चढेको बा१५च ६०२८ नम्बरको स्कारपियो तोडफोड गरेका छन् ।

नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले व्यास नगरपालिकामा नेकपा एमालेसँग तालमेल गर्दै स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएको थियो । घाइते जोशी गोविन्दराज पुत्र हुनु हो ।

मतदानस्थलमा एजेन्ट किन छैन भनेर मतदान अधिकृतसँग सोध्दा आफूमाथि एकैचोटी हमला भएको जोशीले बताउनु भयो । मतपत्र च्यातेपछि हातपात भएको कांग्रेसका कार्यकर्ताहरूले बताएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?