मुम्बई । इण्डियन प्रिमियर लिग (आइपीएल) टी-ट्वान्टी क्रिकेटमा मुम्बई इण्डियन्सले साविक विजेता चेन्नाई सुपर किङसलाई पाँच विकेटले पराजित गरेको छ । चेन्नाईले दिएको ९८ रनको सामान्य लक्ष्य मुम्बईले १४.५ बलमा ५ विकेट गुमाएर पूरा गरेको थियो ।
मुम्बईको जितमा तिलक वर्माले अविजित रहँदै ३४ रन, कप्तान रोहित शर्मा र ऋतिक शोकेन समान १८ र टिम डाभिडले १६ रन बनाउनुभयो । चेन्नाईका मुकेश चौधरीले ३ विकेट लिनुभयो ।
त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले १६ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको थियो । चेन्नाईका लागि कप्तान महेन्द्रसिंह धोनीले अविजित रहँदै ३६ रन बनाउनुभयो । यस्तै ड्वाने ब्राभोले १२ तथा अम्बाती रायडु र शिवम डुबे समान १० रन बनाउनुभयो ।
मुम्बईका डानिल साम्सले तीन विकेट तथा रिले मेरीदिथ र कुमार कार्तिक्यले दुई/दुई विकेट लिनुभयो । जितसँगै मुम्बईले १२ खेलमा ६ अंक जोडेको छ । मुम्बई पुछारमा छ । चेन्नाई १२ खेलमा आठ अंक जोडेर नवौं स्थानमा छ ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र