रोनाल्डो महिनाकै उत्कृष्ट खेलाडी

Read Time = 2 mins

लण्डन । म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो इंग्लिस प्रिमियर लिग फुटबलमा अप्रिल महिनाको उत्कृष्ट खेलाडी बन्नुभएको छ । ३७ वर्षे रोनाल्डो यो सिजन दोस्रो पटक तथा समग्रमा छैटौं पटक ‘प्लेयर अफ दि मन्थ’ चुनिनुभएको हो ।

योसँगै उहाँ युनाइटेडबाट महिनाको उत्कृष्ट खेलाडीको अवार्ड धेरै जित्ने खेलाडी समेत बन्नुभएको छ । यसअघि इंग्लिस फरवार्ड वायने रोनीले पाँच पटक युनाइटेडबाट महिनाको उत्कृष्ट खेलाडीको अवार्ड जित्नुभएको थियो । प्रिमियर लिगमा रोनाल्डोभन्दा अघि टोटेनहमका हृयारी केन र म्यानचेस्टर सिटीका पूर्व फरवार्ड सर्जियो अगुएरोले समान सात पटक महिनाको उत्कृष्ट खेलाडी बन्नुभएको छ ।

अप्रिलमा रोनाल्डोले चार खेलमा पाँच गोल गर्ने क्रममा प्रिमियर लिगमा आफ्नो गोलसंख्या एक सय पु¥याउनुभएको थियो । उहाँले क्लब करियरमा ५०औं हृयाट्रिक पनि अप्रिलमै महिनामै पूरा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?