रुविनाको कप्तानीमा युगाण्डासँग टी-२०

Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अफ्रिकी देश युगाण्डासँग पाँच खेलको टी-२० शृंखला खेल्दै छ । नेपाली महिला क्रिकेटको इतिहासमै पहिलोपल्ट टी-२० शृंखला खेल्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान)ले युगाण्डासँग आगामी जेठमा अयोजना हुन लागेको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले कप्तान रुविना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।

टोलीका अन्य खेलाडीमा सीता रानामगर, इन्दु वर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, सरिता रानामगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, ममता चौधरी, अश्मिना कर्माचार्य, सुमन खतिवडा, संगीता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, बिन्दु रावल, ईश्वरी विष्ट, डोली भट्ट, हिरणमायी रोय र ऋतु कनोजिया हुनुहुन्छ ।

नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा अफ्रिकी मुलुक युगाण्डासँग पाँचवटा टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न लागेको हो । क्यानले कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजको खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ । तालिका अनुसार नेपालले युगाण्डासँग जेठ २, ३, ५, ६ र ७ गते पाँचवटा टी-२० खेल खेल्नेछ । एसिया कप छनोटको तयारीका लागि नेपाली खेलाडीलाई उक्त शृंखला खेल्ने व्यवस्थापन क्यानले मिलाएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?