ब्ल्याक होल पहिलो पटक दृश्यमा कैद

Read Time = 3 mins

एजेन्सी/ब्ल्याकहोलका तस्बिर पहिलो पटक कैद भएको छ । हाम्रो आकाशगंगाको केन्द्रमा रहेको विशाल ब्ल्याकहोलको पहिलो पटक दृश्यमा कैद गरिएको तस्बिर सार्वजनिक भएको हो । साजिटेरिअस ए ८ का रूपमा चिनिने यस अविश्वसनीय वस्तु सूर्यभन्दा चार लाख गुणा ठूलो छ । सार्वजनिक भएको तस्बिरमा एक ठूलो प्वाल रहेको र यसको बीच भाग अन्धकार भएको देखिएको छ । जसलाई अत्यधिक गुरुत्वाकर्षण बलद्वारा तातेको ग्याँसबाट प्रसारित प्रकाशले घेरेको देखिन्छ ।

अनुमानित बुधको कक्षको आकारको यो गोलाकार करिब ६ करोड किलोमिटर टाढा रहेको बताइएको छ । यो करिब २६ हजार प्रकाश वर्षको दूरीमा छ ।

निकै टाढा भएकाले हामी ब्ल्याकहोलले निम्त्याउने कुनै खतराको जोखिममा नभएको बताइएको छ । ब्ल्याकहोलको तस्बिर इभेन्ट होराइजन टेलिस्कोप इएचटी नामक अन्तर्राष्ट्रिय समूहको सहकार्यमा निर्माण गरिएको हो । सन् २०१९ मा मेसियर ८७ नामक अर्को आकाशगंगाको केन्द्रमा रहेको विशाल ब्ल्याकहोलको तस्बिर जारी गरेपछि यो दोस्रो तस्बिर हो ।

ब्ल्याकहोल अन्तरिक्षको त्यस्तो क्षेत्र हो जहाँ हरेक वस्तु आफैं विलीन हुन्छ । त्यहाँ गुरुत्वाकर्षण यति शक्तिशाली हुन्छ कि त्यहाँबाट प्रकाशसमेत निस्किन सक्दैन । केही ठूला ताराहरू विस्फोट भएपछि ब्ल्याकहोल बन्छ । केही ब्ल्याकहोल निकै विशाल हुन्छन् । तिनको पिण्ड हाम्रो सूर्यभन्दा अर्बौँ गुणा बढी हुन्छ । यिनीहरू आकाशगंगाको बीचमा रहनुको कारण भने पत्ता लागेको छैन । तर, यिनीहरूले आकाशगंगालाई ऊर्जा दिने र यसको विकासलाई असर पार्ने विषय स्पष्ट छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?