कविता : न हर्ष न बिस्मात !

Read Time = 2 mins
A A- A+

✍️ बद्रीप्रसाद दाहाल
पाक्दा बेल ‘विषाद-हर्ष’ कहिल्यै, ठान्दैन है वायस ।
सन्यासी जनले प्रपञ्च भवको, मान्दैन है खायस ।।
हारून् वा विजयी बनून् जुनकुनै, उत्साहमा छैन क्वै ।
फिक्का भो जनतन्त्र स्वाद नहुँदा, भन्छन् यहाँका सबै ।।

मात्रै छन् गफका पहाड भुसका, त्यै ड्याङका हुन् मुला ।
बिर्सन्छन् जनता जनार्दन भनी, नेतृत्व स्वार्थी लुला ।।
भेटिन्छन् निज स्वार्थपूूरक सबै, नेता र जेता मन ।
दिक्कै दिक्क र वाक्क छन्, मत दिने यो देशमा सज्जन ।।

आस्था मूूल्य र मान्यता जति भुली, सम्भ्रान्त आफैं हुने ।
नाता चाकर औ धनाढ्यजनमै, सत्ता सधैं सुुम्पने ।।
नेतातन्त्र अशक्त बन्दछ त्यहाँ, थिच्दा सबैका मत ।
त्यस्तो तन्त्र अशान्त भ्रान्त मुलुक, पार्नेछ रे निश्चित ।।

छैनन् हर्षखुसी प्रफुल्ल मनमा जो भोटदाता जन ।
लामो काल बिते नि सुुध्रन कबै, जानेन नेता मन ।।
झन्झन् देश गरीब जर्जर हुँदै, सङ्कष्ट पर्ने भयो ।
अग्ला मूूल्य र मान्यता दिनदिनै, पाताल पुुग्दै गयो ।।
समाप्तम् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?