विज्ञानलाई अध्यात्मले दिएको वरदान

डा. गणेशप्रसाद घिमिरे
Read Time = 16 mins

हामी मानव हौं । मानवको सबैभन्दा ठूलो कर्म मानवीय भावनाको रक्षा हो । मानिसले यिनको रक्षा गर्न सकेन भने ऊ मानव नै बन्न सक्दैन । मानवीय भावनाको रक्षा र त्यसले व्यक्त गर्ने सन्दर्भलाई मानिसले सदा परिचयका माध्यमबाट गतिशील बनाएको हुुन्छ । मानिसका कर्म र त्यसले दिने आधारले उसका क्रियाका सबै सन्दर्भलाई बाहिर ल्याएको हुुन्छ । कर्मको प्रधानतामा र चेतनाको संस्कारमा हुुर्केको मानिसका सबै क्रियालाई जीवन्त बनाउने आधार उसको भावना हो ।

भावनालाई मानिसका कर्म र चेतनाले सदा अघि बढाएको हुुन्छ । मानवीय भावनाको कदर र त्यसले व्यक्त गर्ने आधारमा आज हामी विज्ञानको समुुन्नतिमा विचरण गरिरहेका छौं । विज्ञानको सम्पन्नता र त्यसले दिएको साधनको प्रयोगमा हामी सदा उन्नतिको पथमा क्रियाशील रहेका छौं । आजको सम्पन्न विज्ञानलाई अध्यात्मले सघाएको छ । विज्ञान पश्चिमको देन हो । अध्यात्म पूर्वको । पूर्व र पश्चिममा सदा युद्ध चलिरहेको छ । म अघि तिमीपछि भन्दै । हामीले अध्ययन गरेका धर्मग्रन्थ र तिनले दिएका सबै कुरालाई बिर्सेर विज्ञानको पछि दौडिरहेका छौं ।

आफ्ना शास्त्र र तिनले दिएका भावनाको कदर गर्न हामीले सकेनौं, सक्यौं विज्ञानका पछि लाग्न । विज्ञानले हामीलाई सफल बनायो । अध्यात्म जीवनका सबै कुरालाई मानवीय भावनाको कदरमा समर्पित गर र बाँच भन्छ । विज्ञान सदा मानवीय भावना र त्यसले व्यक्त गरेका कुरालाई खिल्ली उडाएर बाँचेको छ । विज्ञानले सुुविधा दियो मानवताको कदर गर्न सिकाएन । मान्छेलाई गतिशील र सम्पन्नशाली बनायो शान्तिप्रिय बनाएन । शान्तिको वकालत गर्न सिकाए पनि अस्त्रशस्त्रको होडबाजीमा धकेलिदियो संसारका सम्पन्न मुलुुकलाई । यही भिन्नता देखियो अध्यात्म र विज्ञानमा । आजको सम्पन्न विज्ञानलार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्ई अध्यात्मले धेरै कुरा दियो । अध्यात्मले दिएका र शास्त्रले प्रदान गरेका कुराबाट आजको विज्ञान समुुन्नत बनेको छ ।

दिव्यदृष्टि :
महाभारत युुद्ध आरम्भ हुनुुपूूर्व हस्तिनापुुरका प्रधान सेवक धृतराष्ट्रले युुद्धलाई रोक्ने प्रयास नै गरेनन् । उनले युुद्धलाई आधार बनाए पुुत्रमोहको । त्यही मोहमा परे उनी । उनी महाभारतअनुुसार युुद्धविरोधी देखिएनन् । युुद्ध आरम्भ नहुुँैदै उनलाई भेट्न व्यास आए । युुद्धको निश्चितता भएपछि उनलाई व्यासले भने :
यदि चेच्छसि संग्रामे द्रष्टुुमेतान् विशाम्पते ।
चक्षुुर्ददानि ते पुुत्र युुद्ध तत्र निशामय ।।

राजन ! तिमीलाई युुद्धकोे प्रत्यक्ष अवस्थाको जानकारी लिने हो भने म दिव्यदृष्टि दिन तयार छुु । मैले दिएको दिव्यदृष्टिले तिमीले यो युुद्धलाई प्रत्यक्षरूपमा देख्न सक्नेछौ । यो व्यासमा विद्यमान रहेको तपको बल थियो । यो तत्कालीन समयको पहिचान थियो । तपका बलमा हाम्रा ऋषि महर्षिहरूले दिएको शक्ति थियो त्यो । व्यासको यो कथन धृतराष्ट्रलाई सचेत गराउने आधार थियो । यो कुरालार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्ई धृतराष्ट्रले स्वीकार गरेनन् । व्यासका यी वचनमा हस्तिनापुरका राजा धृतराष्ट्रको दृष्टिकोण भिन्न तरिकाले आएको देखियो । उनले भने :
न रोचये ज्ञातिवधं द्रष्टुुं ब्रहृमर्षिसत्तम ।
युुद्धमेतत् त्वशेषेण श्रृणुुयां तव तेजसा ।।

यो युद्धमा मारिने सबै मेरा आफन्त हुुन् । यिनको मृत्युुको अवस्थालाई मैले कसरी हेर्न सक्छुु । यो युुद्धले दिने विभीषिकाले उनलाई पनि सताएको थियो । त्यसैले युुद्धको भयानक अवस्थालाई उनले हेर्न चाहेनन् । उनको यो अवस्था देखेपछि व्यासले दिव्यदृष्टि उनकै सारथी सञ्जयलाई दिए । व्यासले धृतराष्ट्रलाई सम्बोधन गर्दै भने :
चक्षुुषा संजयो राजन् दिव्यनैव समन्वितः ।
कथयिष्यति ते युुुद्धं सर्वज्ञश्च भविष्यति ।।

राजन ! मैले दिव्यदृष्टि सञ्जयलाई दिएँ । उसले तिमीलाई यो युुद्धको सबै जानकारी प्रत्यक्षरूपमा गराउनेछ । यो थियो महाभारतमा प्रदान गरिएको दिव्यता । यही दिव्यताको आधारमा धृतराष्ट्रले सबै युुद्धको जानकारी पाएका थिए । उनलाई व्यासले तिम्रा सन्तान अथवा कौरवले यो युुद्ध हार्नेछन् भन्ने जानकारी पहिले नै गराइसकेका थिए । उक्त युुद्धमा हारको निश्चितता भएपछि उनले दिव्यदृष्टिको प्रयोग आफूूले नगरेका हुन् ।

यो समयको पहिचान थियो । वेदव्यासले दिएको शक्ति थियो यो । आजकोे टेलिभिजन यही होइन र ! हामीले सधैं सम्मान गर्ने अध्यात्मले दिएको हो टेलिभिजन । आज आएर उक्त दिव्यदृष्टि टेलिभिजनका माध्यमबाट प्रसिद्ध भएको हो । आज हामी विश्वका घटना विवरणलाई प्रत्यक्षरूपमा हेर्नसक्ने अवस्थामा छौं । यो चिन्तनलाई पूूर्वले पश्चिमलाई सुुम्पेको हो । आज आएको टेलिभिजन महाभारतको दिव्यदृष्टिको प्रतिफल हो । त्यसैले आजको विज्ञान अध्यात्मको सदा ऋणी रहेको छ । यो ऋण विज्ञानलाई अध्यात्मले लगाएको गुुन हो । यो गुुनलाई विज्ञानले बिर्सेको छ आज ।

पुुष्पक विमान :
रावणले सीताको हरण गरेपछि रामले सुुग्रीवसित मित्रता गरे । राम र सुुग्रीवको मित्रता मानवताको चरम उपलब्धि थियो । मानव र पशुुुका बीचको मित्रता थियो त्यो । त्यही मित्रताका कारण रामले सीताको खोज गरेका थिए । सीताको खोजमा हनुुमान लङ्का गए । सीताको खोजमा सूूक्ष्मरूप लिएर लङ्का पुुगेका हुनुुमानले त्यहाँ रावणले प्रयोग गर्ने पुुष्पक विमानलाई देखे । त्यो विमानको निर्माण जुुन तरिकाले गरिएको थियो त्यसको वर्णन रामायणमा विशाल तरिकाले गरिएको छ ।
रावणले तपका माध्यमबाट पाएको, विश्वकर्मा (तत्कालीन वैज्ञानिक) द्वारा निर्माण गरिएको त्यस विमानको अवस्था भिन्न किसिमको थियो ।
तपः समाधानपराक्रमाजितं मन : समाधानविचारचारिणम् ।
अनेकासंस्थानविशेषनिर्मितं ततस्ततस्तुुल्यविशेषनिर्मितम् ।।

रावणले एकाग्र चित्तले तप गरे । त्यो एकाग्र चित्तका कारण उनले उक्त विमान पाएका हुन् । उक्त विमान मनको सङ्कल्पका आधारमा इच्छित स्थानमा पुुग्न सक्ने खालको थियो । मनले कल्पना गरेको स्थानमा पुुग्नसक्ने विशेषताले भरिएको यो विमान तत्कालीन समयको हवाइजहाज थियो । पुुष्पक विमान विज्ञानको देन होइन । पुुष्पक विमान अध्यात्मको महान् उपलब्धि थियो । यो मनको कल्पनामा हवाको गतिमा उड्न सक्ने अवस्थाको जहाज थियो ।

आजको अध्यात्म यही कुरामा गर्व गर्दछ । आजको विज्ञान पूूर्वबाट प्राप्त गरिएका यी कुरामा आफूूलाई जीवन्त बनाउन सक्षम देखिएको छ । आज विज्ञानको सबै उपलब्धि अध्यात्मले दिएको हो भन्ने कुुरामा कत्ति पनि शङ्का गर्ने अवस्था छैन । हामी सम्पन्न बन्यौं । विज्ञानले हामीलाई सम्पन्नताको शिखरमा पुुर्‍यायो । त्यो सम्पन्नता र विकास आजको होइन भन्ने कुरा त यी केही प्रमाणमात्र हुन् । विज्ञानले दिएको सबै चिन्तनको मूल जरो अध्यात्म नै हो । यही चिन्तन हो पूर्वको । यही चिन्तन र आविष्कारमा अडिएको विज्ञान अध्यात्मको चेतनाबाट बाहिर आएको सन्दर्भ हो ।

आजको विकास :
आज हामी विकासका खुुट्किला पार गरिरहेका छौं । हामी सम्पन्न छौं । हाम्रो सम्पन्नता विज्ञान हो । यही विज्ञानले हामीलाई सर्वगुण सम्पन्न बनाएको छ । हामी रमेका छौं यो सम्पन्नताबाट । विज्ञानले दिएका उपलब्धिलाई हामीले जीवनको भोगाइमा र जीवनलाई बाँच्ने सन्दर्भमा प्रयोगमा ल्याएका छौं । विज्ञानले जीवनलाई सजिलो बनाइदिएको छ । भोगलाई आधार बनाएर गति दिएको छ । यो गति जीवन भोगाइको हुनसक्ने अवस्था देखिएको छ ।

पुुष्पक विमान नआए पनि आज विभिन्न प्रकारका जहाज निर्माण भएका छन् । मनको गतिमा उड्न सक्ने जहाज निर्माणमा आजको विज्ञानलाई चुुनौती दिएको छ अध्यात्मले । विभिन्न प्रकारका टेलिभिजन निर्माण भएका छन् । प्रविधिले हामीलाई सबै गुुणले योग्य र क्षमतावान् बनाएको छ । यसैमा रमेका छौं हामी । हाम्रो जीवन भोगाइका सबै सन्दर्भ विज्ञानको उच्चतामा गएर समापन भएका छन् । आजको विज्ञान विचित्रको छ । मानिसलाई बाँच्न विभिन्न मार्ग दिएको छ । ती मार्गमा अनेक प्रकारका व्यवधान र अवरोध सिर्जना गरेको छ ।

एउटा देशले अर्को देशको उन्नति र प्रगति सहन सक्ने अवस्थाको भावलाई जीवन्त बनाउन सकेको छैन । देश देशका बीचमा हुने विभिन्न प्रकारका युुद्धका डरलाग्दा अवस्थाले मानवीय भावनाको कदर हुन सकेको छैन । मानवताको रक्षाका लागि विभिन्न संस्था खोलिएका छन् । ती संस्थाले मानवताको रक्षालाई गरिब मुुलुकमा मात्र खोजिरहेका छन् । सम्पन्न वा शक्तिशाली मुुलुुकले एक अर्कामाथि गरेका आक्रमणको विरोध गर्न सकिरहेका छैनन् । आजको विकास र हातहतियारको प्रयोगले निम्त्याएको दूूरावस्थालाई ती मुुलुुकले हेर्न सकेका छैनन् । यो प्रश्न सदा विश्वको इतिहासमा अनुुत्तरित बनेर रहेको छ ।

शान्ति खोजौं :
आज हामी भौतिक रूपले सम्पन्न छौं । विकास तथा उन्नतिका माध्यमबाट सबल, सक्षम र गतिशील छौं । यो गतिशीलताले हामीलाई जीवन्त बनाएको छ । सबल बनाएको छ भौतिक सम्पन्नतामा । आज हामी एक अर्काप्रतिको हेराइमा कमजोर बनेका छौं । यो कमजोरीले संसार सदा अशान्तिको भुुँवरीमा परेको छ । यही विषम अवस्थामा हामी बाँचेका छौं ।

शान्तिको अवस्था कमजोर बनेको छ । सम्पन्न मुुलुुक मान्छेको रक्षाभन्दा हतियारको निर्माणमा सदा क्रियाशील रहेका छन् । एक अर्काप्रतिको असहिष्णुुु भावनाले मानवीय भावनाको कदर हुन सकेको छैन । यही अवस्था रहेमा आजको संसार विश्वयुुद्धको संघारमा उपस्थित हुन समय लाग्नेछैन । सदा शान्ति चाहने हाम्रो अध्यात्म भन्छ द्यौः शान्तिरिक्ष शान्ति पृथिवीशान्तिराप शान्तिरोषधय शान्ति वनस्पतय शान्तिविश्श्वदेवा शान्ति पृथ्वी, भुुलोक, अन्तरिक्ष, जल, औषधि, वनस्पतिको शान्तिलाई खोज्ने हाम्रो शास्त्रको चिन्तन हो । हाम्रो शास्त्र प्रकृति र प्रकृतिमा विद्यमान रहेका सबै कुरामा शान्तिको कामना गर्दछ ।

यही चिन्तनको आधारमा हामीले शान्तिको खोज गर्नुुु अनिवार्य छ । अशान्त विश्वलाई शान्तिको सन्देश दिने कुनै चिन्तन संसारमा छ भने त्यो आध्यामिक चिन्तन हो । यही चिन्तनको अवस्थालाई जीवन्त बनाउन सकियो भने आजको विश्व सदा गतिशील हुनेछ । यही विश्वास हाम्रो चिन्तनमा छ । यही आधार हाम्रो शक्ति हो । यही भावना हाम्रो मानवीय चिन्तन हो । यही हामीले संसारलाई दिने सन्देश पनि हो ।

यो सन्देश हाम्रो अध्यात्ममा भरिएर रहेको छ । अशान्त र आक्रान्त विश्वलाई दिने मान्यता पनि हो । आजको विश्वमा देखिएको उन्नति र प्रगतिको सम्मान गर्दै मानवीय भावनाको रक्षा गर्ने आग्रह गर्नुु हाम्रो दायित्व हो । हामी शान्तिको खोज अध्यात्मबाट गर्दछौं । विज्ञान यसलाई कमजोर ठानेर युुद्धको डरलाग्दो बिभीषिकाको कल्पनामा रमेको छ । आजको उन्नत विज्ञान अध्यात्मको पाटोबाट बाहिर आएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?