बुटवलमा कांग्रेस, एमाले र राप्रपाबीच प्रतिष्पर्धा

Read Time = 5 mins

-चन्द्रकान्त खनाल

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायमै रहेको छ । वडा नं. १ को ६०० मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले २५६ मत प्रापत गर्नुभएको छ । उहाँलाई पछ्याउँदै राप्रपाका मृगेन्द्र शेरचनले १२८ मत प्राप्त गर्नुभएको छ ।

एमालेका बाबुराम भट्टराईले ९४ मत प्राप्त गर्नुभएको छ ।

सैनामैनामा एमालेको अग्रता, पछ्याउँदै कांग्रेस
यता, रुपन्देहीको सैनामैना नगरपालिकामा एमालेले अग्रता लिएको छ । वडा नं १ को मतगणना जारी रहँदा २०० मत गणना गर्दा एमालेका प्रमुख उम्मेद्वार चित्रबहादुर कार्कीले ८३ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका फणिन्द्र शर्माले ८२ मत प्राप्त गर्नुभएको छ ।

सुरुवातदेखिनै कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । त्यसैगरी उपप्रमुखमा माओवादी केन्द्रका मानबहादुर महतले ९१ मतसहित अग्रता लिनुभएको छ भने एमालेकी बिना रानाले ८९ मतसहित पछ्याउनुभएको छ ।

रुपन्देहीको रोहिणीमा राप्रपाको अग्रता, पछ्याउँदै जसपा

रुपन्देहीको रोहिणी गाउँपालिकाको प्रारम्भिक मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । राति १२ बजेदेखि सुरु भएको मतगणनामा अहिलेसम्म दुई सय मतगणना भएको छ ।

वडा नम्बर १ बाट सुरु भएको मतगणना अनुसार अध्यक्ष पदमा राप्रपा को उम्मदेवारले ७८ मत प्राप्त गर्नुभएको छ भने जसपाले ४९ मत प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेस २८ मतसहित तेस्रो र नेकपा एमाले १३ मतसहित चौथो स्थानमा रहेको छ ।

उपाध्यक्ष पदमा राप्रपाले ६१ मत प्राप्त गर्दा जसपाले ४३, नेकपा एमालेले १६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरि वडा अध्यक्षका लागि राप्रपाले ६९ मत प्राप्त गरेको छ भने कांग्रेसले ५५ मत प्राप्त गरेको छ । जसपाले ३१ मत प्राप्त गर्दा नेकपा एमालेले १५ मत प्राप्त गरेको छ ।

भैरहवामा कांग्रेसको अग्रता, दोस्रोमा राप्रपा

स्थानीय तह निर्वाचनअन्र्तगत सिद्धार्थनगर नगर पालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसलाई पछ्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी दोस्रोमा रहेको छ ।

यसअघि निर्वाचित नेकपा एमाले भैरहवामा तेस्रो स्थानमा रहेको छ । यस्तै जनता समाजवादी पार्टी चौथो स्थानमा रहेको छ । राति १ बजेदेखिवडा नम्बर १ बाट मतगणना सुरु भएको छ ।

वडा नम्बर १ को पक्लिहवा बुथ अन्र्तगत ७९२ मत गणना गर्दा प्रमुख पदका लागि नेपाली कांग्रेसले ३९१ मत गरेको छ भने राप्रपाले १६५, नेकपा एमालेले ६२ र जसपाले ५३ मत प्राप्त गरेको छ । उप-प्रमुख पदको लागी गठबन्धनबाट नेकपा माओवादी केन्द्रले १२७ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीले १४४ मत प्राप्त गरेको छ ।

यस्तै राप्रपाले १०७ र एमालेले ८६ मात प्राप्त गरेको छ । वडा अध्यक्षमा पनि नेपाली कांग्रेसले ठूलो अग्रता लिएको छ । कांंग्रेसले ४१६ मत प्राप्त गर्दा जसपाले १६५ मतसहित उसलाई पछ्याएको छ । राप्रपाले ४३, एमालेले ४८ र माओवादीले आठ मत प्राप्त गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?