एक महानगर र दुई उपमहानगरमा स्वतन्त्र उम्मेदवारलाई अग्रता

Read Time = 4 mins

काठमाडौं । देशभरका ७ सय ४२ स्थानीय तहमा मतगणना जारी रहँदा केही महत्वपूर्ण स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरूको सुरुवाती अग्रता छ ।
वर्षौंसम्म सत्तामा रहेका ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनलाई समेत पछि पार्दै लगातार अग्रता लिइरहेका छन् ।

अग्रता लिएका चर्चित स्वतन्त्र उम्मेदवारहरूमा, बालेन्द्र साह उर्फ बालेन, मनोजकुमार साह र विदुर बस्नेत हुनुहुन्छ ।

बालेन संघीय राजधानी भएको काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार हुनु हो ।

युवा उम्मेदवार बालेनले नेकपा एमालेका उम्मेदवार केशव स्थापित र पाँच दलीय गठबन्धनको उम्मेदवार सिर्जना सिंहले पछि पार्नुभएको । र, उहाँले लगातार मतान्तर बढाउँदै लैजाँदै हुुनुहुन्छ ।

यो समाचार तयार पार्दासम्मको विवरणअनुसार बालेनको २१३ मत छ । स्थापितको १५९ र सिंहको १४८ मत छ । बालेनले अग्रता लगातार लिइरहेपछि समर्थकहरूले राष्ट्रियसभा गृह क्षेत्रमा खुसियालीस्वरुप नाराबाजी गरिरहेका छन् ।

काठमाडौं महानगरपालिकापछि अर्को चर्चित स्वतन्त्र उम्मेदवारले अग्रता जारी राखेको उपमहानगरपालिका हो– जनकपुर उपमहानगरपालिका ।

मधेस प्रदेशको राजधानी रहेको यो उपमहानगरपालिकामा मनोजकुमार साहले पाँच दलीय गठबन्धन र एमालेका उम्मेदवारलाई लगातार पछि पार्नुभएको छ ।

उपमहानगरपालिकाको वडा नम्बर १ को ७ सय ८० वटा मतको गणना गर्दा साहले २ सय ५९ मत र नेकपा एमालेका उम्मेदवार शिवशंकर साह ‘हीरा’ ले १ सय ५ मत पाउनु भएको छ । गठबन्धनका उम्मेदवार लालकिशोर साहले ३६ मात्र छ ।

अग्रता लिइरहनु भएको साह कांग्रेसका विद्रोही उम्मेदवार हुनु हो । पार्टीले उहाँलाई कारबाही गरिसकेको छ । तर, प्रारम्भिक मत परिणाम सार्वजनिक भइरहँदा उहाँ अघि देखिनु भएको छ ।
२०७४ सालको निर्वाचनमा उहाँ लालकिशोरको निकटतम प्रतिद्वन्द्वी हुनुहुन्थ्यो। जतिबेला लालकिशोर राष्ट्रिय जनता पार्टीबाट निर्वाचित हुनु भएको थियो ।

प्रदेश १ को धरान उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारले सुरुवाती अग्रता लिइरहेका छन् । वडा नम्बर–१ को १०० मत गणना गर्दा स्वतन्त्र उम्मेदवार हर्क साङपाङ ३३ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

उहाँलाई ३१ मतसहित कांग्रेस–माओवादी गठबन्धनका किशोर राईले पछ्याइरहनु भएको छ । २०७४ मा निर्वाचन हुँदा एमालेका तारा सुब्बा निर्वाचित हुनु भएको थियो। उहाँको निधन भएपछि भने उपनिर्वाचन २०७६ मा भएको थियो । त्यसबेला कांग्रेसका तिलक राई निर्वाचित हुनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?