डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा कांग्रेस पराजित भएको छ।
गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा विपी कांग्रेसका उम्मेदवार विजयी भए ।
कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवालाई हराउँदै विपी कांग्रेसका नरेश भण्डारी विजयी हुनु भएको छ। भण्डारीले ६ सय ७३ मत ल्याउँदा देउवाले ५ सय ४४ मत पाउनु भयो।
निर्वाचन अधिकृतको कार्यालयले विजय घोषणा गर्ने बाँकी छ।
कांग्रेसबाट निष्कासित निवर्तमान पार्टी कर्णबहादुर मल्ल समूहले विपी कांग्रेसको करुवा चुनाव चिह्न लिएर जिल्लामा काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ। उसले यहाँ एमालेसँग तालमेल गरेको छ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र