डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा कांग्रेस पराजित भएको छ।
गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा विपी कांग्रेसका उम्मेदवार विजयी भए ।
कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवालाई हराउँदै विपी कांग्रेसका नरेश भण्डारी विजयी हुनु भएको छ। भण्डारीले ६ सय ७३ मत ल्याउँदा देउवाले ५ सय ४४ मत पाउनु भयो।
निर्वाचन अधिकृतको कार्यालयले विजय घोषणा गर्ने बाँकी छ।
कांग्रेसबाट निष्कासित निवर्तमान पार्टी कर्णबहादुर मल्ल समूहले विपी कांग्रेसको करुवा चुनाव चिह्न लिएर जिल्लामा काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ। उसले यहाँ एमालेसँग तालमेल गरेको छ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
प्राकृतिक चिकित्सामा-माटो चिकित्सा पद्धति
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल