लिङखेप र सृजल पोख्रेललाई खुला ब्याडमिन्टनको उपाधि

हिमालय टाइम्स
Read Time = 3 mins

झापा । झापाको बिर्तामोडमा सञ्चालन भएको चौथो कोशी प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको खुलातर्पmको उपाधि संखुवासभाका पविन लिङखेप र सृजल पोख्रेलको जोडीले जितेको छ ।

लिङखेप र पोख्रेलको जोडीले भोजपुरका विशाल तामाङ र निश्चल खत्रीको जोडीलाई २५-२३ र २६-२४ को सोझो सेटमा हराएको हो । जितसँगै लिङखेप र पोख्रेलको जोडीले ५० हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । तामाङ र खत्रीको जोडीले ३० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्‍यो ।

यस्तै, झापाको बिर्तामोडका नविल सिलवाल र विवेक कन्दङ्वाको जोडी तथा मेची ब्याडमिन्टन क्लब काँकरभित्ताका प्रनिशसिंह ठकुरी र गौरव दाहालको जोडी तेस्रो भयो । दुवै समूहले सात हजार पाँच सय नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी ४५ वर्षमाथिको भेट्रान्सतर्फ ताप्लेजुङका मदन लिम्बू र घनेन्द्र लिम्बूको जोडीले बिर्तामोडका सञ्जय भक्तराज र रमेश प्रसार्इंको जोडीलाई २१-१४ र २१-१० को सोझो सेटमा हराउँदै उपाधि जित्नुभयो । जितसँगै उहाँहरूले ३० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयोे । भक्तराज र प्रसाईंको जोडीले १५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

बिर्तामोडका श्रीकृष्ण खड्का र राम अवतार घिमिरेको जोडी तथा सुनसरीका श्याम लामा र भजनलाल चौधरीको जोडी सो स्पर्धामा तेस्रो भयो । उहाँहरूले सात हजार पाँच सय प्राप्त गर्नुभयो । लायन्स क्लब अफ अनारमनि र लायन्स क्लब अफ बिर्तामोडको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा कोशी प्रदेशका ८६ खेलाडी सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?