-डम्मर बुढा मगर
निसीखोला । बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका चन्द्रसिंह रामजाली निर्वाचित हुनुभएको छ। प्रतिद्वन्द्वी नेकपा एमालेका थमबहादुर घर्ती मगरलाई ३७ मतान्तरले पराजित गर्नुभएको हो ।\
रामजालीले ६५५ मत प्राप्त गर्नुभएको छ भने घर्ती मगरले ६१८ मत ल्याउनु भएको छ । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका सूर्य बहादुर घर्ती मगरले ६३३ र एमालेका भूमिराज घर्ती मगरले ५४७ मत प्राप्त गर्नुभयो ।
राप्रपाका कृष्णबहादुर मल्लेले ४८ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा माओवादी केन्द्रका प्रेम घर्ती मगरले ५९२ र एमालेकी भटुकुमारी चन्दले ५६१ र राप्रपाकी शान्ताकुमारी चन्दले ३२ मत प्राप्त गर्नुभयो ।
वडा नम्बर १ मा एमालेका पवनकुमार सिंजालीले खुल्ला सदस्यमा विजयी हासिल गर्नुभएको छ ।अन्य सदस्य गठबन्धनले हात पारेको छ । अन्य वडाको मत केही बेरमा सुरु हुने निर्वाचन अधिकृत गोविन्द गिरीले बताउनुभयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल