धादिङको बेनिघाट रोेराङ-१ मा काँग्रेस र गल्छि-१ मा एमाले विजयी

Read Time = 2 mins

-बाबुराम श्रेष्ठ
धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेसका जीवन सिं तामाङ बिजयी हुनुभएको छ ।
उहाँले ५ सय ३४ मत ल्याउदै उहाँका निकटतम प्रतिवन्दी नेकपा माओवादी केन्द्रका मिलन कुमार लामालाई २९ मतले पछि पादै विजयी हुनुभएको हो।

मिलनको ५ सय ५ मत मात्रै आएको थियो । जीवन २०७४ को स्थानीय तहको निर्वाचनमा पनि काँग्रसबाटै वडा अध्यक्षको प्रत्यासी रहनु भएको थियो। २०७४ मा १६ मतले माओवादीका नन्द्र प्रसाद तामाङसंग पराजित हुनुभएको जिवनले यस पटक माओवादीकै उम्मेद्वारलाई २९ मतले पराजित गरेको हो ।

यो वडामा नेकपा एमालेका सुरेन्द्र कुमार तामाङको भने ५९ मत आएको छ । यस्तै धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेकायदुकुमार खतिवडा विजयी हुनु भएको छ ।

गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका माधवप्रसाद खतिवडालाई पराजित गर्दै नेकपा एमालेका यदुकुमार खतिवडा विजयी हुनु भएको हो ।
एमालेका यदुकुमार खतिवडाले निकटतम प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार पराजित माधवप्रसाद खतिवडालाई १३९ मतको अन्तरले पराजित गर्नुभयो । जितका लागि यदुले ११३५ मत ल्याउँदा माधवको ९९६ मत आएको छ ।

यस वडाबाट पालिका अध्यक्ष तर्फ एमालेका केदार नाथ खतिवडाले १३१२ मत पाउनु भएको छ। गठबन्धनबाट अध्यक्षका उम्मेदवार एकीकृत समाजवादीका कृष्ण हरी श्रेष्ठले ७९२ मत र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार कांग्रेसका भाईकाजी श्रेष्ठले ११०६ मत पाउनु भएको छ।

एमालेबाट उपाध्यक्ष उम्मेदवार राधा लामिछानेले ९९८ मत प्राप्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?